arrow

आइभरी कोष्ट विश्वकप फुटबलको ‘नकआउट’ चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
wcf-2026-ivory-coast.jpg

काठमाडौँ । आइभरी कोष्ट विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा डेब्यु टिम कुराकाओलाई २–० ले पराजित गर्दै आइभरी कोष्ट अन्तिम ३२ मा पुग्न सफल भएको हो । 

आइभरी कोष्टलाई जिताउन दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको सातौँ र ६४ औँ मिनेटमा गोल गरेका हुन् । 

पेपेले खेलको ३५ औँ मिनेटमा पहेँलो कार्ड खाएका थिए । 

यो जितसँगै ६ अंकसहित उपविजेता बन्दै आइभरी कोष्ट अन्तिम ३२ मा पुगेको छ भने एक अंक बटुलेको कुराकाओ बाहिरिएको छ । 

समूह ई बाट जर्मनी समूह विजेता बन्दै, आइभरी कोष्ट समूह उपविजेता बन्दै र इक्वेडर तेस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट आठमा पर्दै अन्तिम ३२ मा पुग्न सफल भएको हो ।   

जर्मनीको ६, आइभरी कोष्टको ६, इक्वेडरको ४ तथा कुराकाओको १ अंक रह्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ