arrow

विश्वकपमा टर्किएको सनसनीपूर्ण जित, हरायो अमेरिकालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
wcf-turkeye-usa.jpg

काठमाडौँ । विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा टर्किएले अमेरिकालाई हराएर सनसनी मच्याएको छ । 

आज बिहान सम्पन्न खेलमा टर्किएले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै अमेरिकालाई ३–२ ले हराएको हो । 

खेलको तेस्रो मिनेटमै अस्टन ट्रस्टीले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । १० मिनेटमा आर्दा गुलेरले गोल गर्दै टर्किएलाई बराबरीमा ल्याए । 

३१ औँ मिनेटमा टर्किएका बान्स अल्पर यिल्माजले गोल गर्दै टर्किएलाई अग्रता दिलाए । 

अमेरिकाले ४९ औँ मिनेटमा सेबास्टियन बेर्हाल्टरको गोलबाट २–२ को बराबरी गर्यो । 

इन्जुरी समयको आठौँ मिनेटमा कान ऐहानले गोल गर्दै टर्किएलाई सनसनीपूर्ण जित दिलाए । 

तर यो जित अर्को चरण प्रवेश गर्न पर्याप्त नभए पनि सान्त्वना तर सम्झनयोग्य जित रह्यो । 

अमेरिका ६ अंकसहित समूह विजेता भन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने यो समूहबाट उपविजेता बन्दै अष्ट्रेलिया अन्तिम ३२ मा पुगेको छ । 

समाचार चार अंकको पाराग्वे पनि नकआउटमा पुग्ने सम्भावना छ । तेस्रो स्थानका १२ टिममध्ये उत्कृष्ट आठले उक्त अवसर पाउँछन् । 

अष्ट्रेलिया र पाराग्वेले बिहानको खेलमा गोलरहित बराबरी खेले ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ