arrow

राप्रपामा उत्साह, पार्टी कार्यकर्ता र आफन्तबाट बधाइ लिंदै कमल थापाको टिम

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
kamal-thapa.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मन्त्रिपरिषद विस्तार गर्ने क्रममा राप्रपाबाट अध्यक्ष कमल थापासहित तीन जनालाई सरकारमा सहभागी गराएपछि राप्रपामा खुसीयाली छाएको छ । 
विस्तारित मन्त्रिपरिषदमा पार्टी अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।  
 
यस्तै राप्रप्राका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा दिलनाथ गिरी र पर्शुराम तामाङलाई संस्कृति राज्यमन्त्रीको जिम्मा दिइएको छ । योसंगै राप्रपाबाट सरकारमा सहभागी हुने मन्त्रीको संख्या छ पुगेको छ । 
 
यसैबीच, अध्यक्ष थापाले उपप्रधानमन्त्री भएपछि पार्टीका नेता, कार्यकर्ता तथा आफन्तलाई पार्टी केन्द्रीय कार्यालयमा सम्वोधन गर्ने कार्यक्रम छ । शुक्रबार दिउँसो २ बजे उपप्रधानमन्त्री थापालाई पार्टी केन्द्रीय सचिवालयले स्वागत गर्नेछ । 
 
केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने कार्यक्रममा मन्त्री दिलनाथ गिरी र राज्यमन्त्री पर्शुराम तामाङको पनि स्वागत हुनेछ । १९ वर्षपछि मुलुकमा स्थानीय निकायको निर्वाचन हुँदै गर्दा चुनावको मुखमा स्थानीय निकाय मन्त्रालयको जिम्मा राप्रपाले पाएपछि पार्टीमा आएपछि एकाएक तरंग छाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ