arrow

कुमारी बैङ्क लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
kumari-bank-national-path-lab-mou-june-2026.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल–काठमाडौंबीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गरिने बैङ्कले जनाएको छ।

विगत २५ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैङ्किङ इकाईहरू मार्फत ग्राहक वर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै, बैङ्कद्वारा मेदाता, इन्द्रप्रस्थ एपोलो लगायतका देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू सम्पन्न गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ। बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै, बैङ्कले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ