arrow

विश्वकपमा शनिबार समूह ‘जी’, ‘एच’ र ‘आई’ का खेलहरू हुँदै, यस्तो छ तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
worldcup-football-2026-trophy-yyy.jpg

काठमाडौँ । फिफा विश्वकपअन्तर्गत शनिबार समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन्।

विश्वकपको खेल तालिका अनुसार समूह ‘आई’ अन्तर्गत नर्वे र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजे शुरू हुनेछ। सोही समयमा यसै समूहका सेनेगल र इराक पनि आमनेसामने हुनेछन्।

यस्तै, समूह ‘एच’ मा काबो भर्डे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने यसै समूहको अर्को प्रतिक्षीत खेलमा उरुग्वेले स्पेनको सामना गर्नेछ। यी दुवै खेल नेपाली समयअनुसार बिहान ५:४५ बजे शुरू हुनेछन्।

शनिबार नै हुने समूह ‘जी’ को खेल अन्तर्गत न्यूजिल्यान्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा इजिप्ट र इरान आमनेसामने हुनेछन्। 

यी दुवै खेल भने बिहान ८:४५ बजे शुरू हुने तालिका छ। समूह चरणका यी खेलहरूले अंक तालिकामा नकआउट पुग्ने टोलीहरूको समीकरणका लागि महत्वपूर्ण प्रभाव पार्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ