रास्वपाको उपसभापतिमा सोविता र महामन्त्रीमा विपिनकुमार निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
288
Shares
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको पदाधिकारी निर्वाचनबाट सोविता गौतम उपसभापति र विपिनकुमार आचार्य महामन्त्री पदमा निर्वाचित भएका छन्।
चितवनमा सम्पन्न महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानमा उपसभापति पदकी उम्मेदवार सोविता गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरेकी थिइन्।
त्यसैगरी, महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। उनले ६७३ मत प्राप्त गरेका छन् । यो पदका लागि आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की प्रतिस्पर्धामा उत्रिएका थिए। रास्वपा तत्कालीन प्रवक्ता मनिष झाले ३४६ मत, गणेश कार्कीले १६९ मत र सागर ढकाल १३९मत पाएका छन् ।
यसअघि महामन्त्रीका आकांक्षीहरू गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।