arrow

फुटबल संघका पूर्व अध्यक्ष शेर्पा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
karma-sherpa.jpg

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा अनुसन्धानका लागि शुक्रबार  साँझ पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले हात्तीगौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।

विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसूरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी चार आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ