arrow

केप भर्डेले रच्यो इतिहास, अपराजित रहँदै विश्वकपको ‘नकआउट’ चरणमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
wcf-2026-cape-verde-32.jpg

काठमाडौँ । केप भर्डे पहिलो सहभागितामै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । समूह एचका खेलमा अपराजित रहँदै केप भर्डे नकआउट चरणमा पुग्न सफल भएको हो । 

केप भर्डेले आज समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेल्यो । 

खेलमा ५१ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल केप भर्डेले यसअघिका खेलमा समेत स्पेन र उरुग्वेसँग बराबरी खेल्दै अंक बाँडेको थियो । 

केप भर्डेले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो भने उरुग्वेसँग २–२ गोलको बराबरी खेलेको थियो । 

केप भर्डे ३ अंकसहित उपविजेता बन्दै अन्तिम ३२ मा पुगेर कीर्तिमान रचेको हो । 

केप भर्डे विश्वकप खेल्ने राष्ट्रहरूमा सबैभन्दा थोरै जनसंख्या भएको देश हो । यसको जनसंख्या करिब पाँच लाख (४ लाख ९१ हजार २३३) मात्र रहेको छ । यो देशको क्षेत्रफल १ हजार ५५७ स्क्वायर मिटरमात्र छ । 

अब नकआउट चरणमा उसको भेट साविक विजेता अर्जेन्टिनासँग हुनेछ । 

यो समूहबाट स्पेन समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको छ भने उरुग्वे र साउदी बाहिरिएका छन् । 

स्पेनले उरुग्वेलाई १–० ले हराएको हो । स्पेनका लागि खेलको ४२ औँ मिनेटमा एलेक्स बाएनाले गोल गरे । उनले मार्कोस लोरेन्टेको पासमा गोल गरेका हुन् । 

उरुग्वे खेलमा निकै कमजोर देखिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ