arrow

क्रोएसिया विश्वकपको ‘नकआउट’ मा, घाना पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
wcf-2026-croatia-ghana.jpg

काठमाडौँ । क्रोएसिया विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । आज बिहान भएको समूह एलको अन्तिम खेलमा घानालाई २–१ ले पराजित हुँदै समूह उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको हो । 

खेलको ३१ औँ मिनेटमा पिटर सुसिकको गोलबाट क्रोएसियाले प्रारम्भिक अग्रता लियो । ७३ औँ मिनेटमा डेरिक लुकासेनले गोल गर्दै घानालाई बराबरीमा ल्याए । 

८३ औँ मिनेटमा निकोला भ्लासिकले गोल गर्दै क्रोएसियालाई जिताए । यो जितसँगै ६ अंकसहित क्रोएसिया अन्तिम ३२ मा पुगेको हो । 

यो हारले पनि ४ अंकको घाना अर्को चरणमा पुगेको छ । त्यस्तै अंकविहीन पानामा बाहिरिएको छ । 

पानामा बिहानै भएको खेलमा इङ्गल्याण्डसँग २–० ले पराजित भएको थियो । 

इङ्गल्याण्ड ७ अंकसहित समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको हो । मध्यान्तरसम्म गोलविहीन भएको खेलमा मध्यान्तरपछि इङ्गल्याण्डले दुवै गोल गरेको हो । 

खेलको ६२ औँ मिनेटमा जुड बिलिङ्घम र ६७ औँ मिनेटमा ह्यारि केनले गोल गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ