arrow

सीमामा दुई पक्षीय भीडन्त रोक्न सशस्त्र र एसएसबीलाई हम्मेहम्मे

भीड रोक्न एसएसबीले गर्यो हवाई फायर

logo
र्इश्वरदत्त बडू,
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
kanachanpur_jhadap.jpeg
कञ्चनपुर । नेपाल र भारतको कञ्चनपुर स्थित पुनर्वास क्षेत्रमा आक्रोशित भीड रोक्न नेपाली सीमा सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीलाई हम्मेहम्मे परेको छ । 
 
बिहीबार सीमामा भारतीय एसएसबीको गोली लागि एक नेपालीको ज्यान गएपछि आक्रोशित नेपाली भीड र नेपालीबाट पराजीतभएर बिहीबार नै भाग्नुपरेको भारतीय भीडहरु एकआपसमा लड्नको आगि सीमा पार गर्न खोजीरहका छन् । त सो सीमा पार गर्न नदिन नेपालमा सशस्त्र प्रहरी र भारतपट्टि एसएसबीलाई हम्मेहम्मे परेको जिल्ला सशस्त्र प्रहरी बलका एसपी इन्द्रराज कार्कीले जानकारी दिए । 
 
उनले आफू पनि त्यसै तर्फ जान लागेको बताउँदै नेपाली भीडलाई रोक्न पनि सशस्त्रलाई हम्मेहम्मे परेको जानकारी दिए । भारतीय पक्षले गोली चलाएको भन्ने कुरा केहो भन्ने प्रश्नमा एसपी कार्कीले आफ्नै भीडलाई रोक्न एसएसबीले हवाई फायर गरेको जानकारी आफूलाई प्राप्त भएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ