दाङ। दाङको तुलसीपुर घोराही सडक खण्डमा पर्ने कालाखोलामा अज्ञात समुहले भारतीय नंम्वर प्लेटको ट्रकमा आगजनी गरेको छ।
फलफुल बोकेर घोराही तर्फ जादै गरेको यूपी ४०-४४२४ नम्वरको ट्रकमा आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। आगजनीका कारण गाडीको अगाडिको भाग जलेर नस्ट भएको छ भने गाडिमा रहेका फलफुल जलेर नस्ट भएको छ।