arrow

जनताको लाससँग राजनीति गर्नेहरुलाई परास्त पार्नुपर्छ : ओली

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
olis-udhgatan.png
हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले टटनामा बाधेको बाख्रा नभएको बताएका छन । तीन दिन स्थगन गरेर कडा सुरक्षाबीच फेरि सुरु गरिएको मेची महाकाली राष्ट्रिय अभियानको क्रममा शुक्रबार हेटौँडामा आयोजित सभामा बोल्दै उनले एमाले टटनामा बाधेको बाख्रा नभएको र संसदको भत्ता खाएर काठमाण्डौमा साईन बोर्ड झुन्डयाउने पार्टीहरुले जन्ताको लाशसँग राजनीति गरिरहेको आरोप लगाएका हुन । 
 
कञ्चनपुरमा भएका घटनाले छिमेकी देश भारतले शक्तिका आडमा नेपालमाथि रबैया देखाएको भन्दै भारतले बोलीमा मात्रै असल छिमेकीको सम्बन्ध देखाएको असल छिमेकीको सम्बन्ध व्यवहारमा देखाउन भारतलाई सुझाव दिएका । उनले राष्ट्रियताको पक्षमा एमालेले थालेको अभियानलाई विथोल्न मधेशी मोर्चाले अवरोध गरी तराईका नाममा निर्दोष जनतालाई प्रहरीसँग भिडाएर लाशको राजनीति गर्न त्यस्तो गतिविधि गरेको आरोप उँदै उनले त्यस्तो प्रवृत्तिलाई नेकपा एमालेले परास्त गरेरै छाड्ने बताए । 
 
त्यस्तै, नेकपा एमालेका महासचीव ईश्वर पोखरेलले प्रधानमन्त्री प्रचण्ड र काग्रेस सभापती देउवा भारको भरिया रहेको बताउदै । सत्तामा रहेका दलले सविधान संसोधन गरेर एमालेलाई एकल्याउन खोजेको बताए । 
 
भुटनदेवी उच्च माविको चौरमा भएको कार्यक्रममा उपाध्यक्ष बामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली, भीम आर्चाय लगायतको सहभागिता रहेको थियो भने  हावाहुरुले र पानीले  स्टेज भत्काए पछि अभियान कार्यक्रममा बाधा पु¥याएपछी समापन बिना नै कार्यक्रम सकिएको थियो, हावाहुरुले र पानीले उपिस्थीत कार्यकर्ता माझ केही बेर भागदौड मच्एिको थियो । कार्यक्रम एमाले ३ नम्बर प्रदेश अध्यक्ष तथा अभियान संयोजक अष्टलक्ष्मी शाक्यको सभाध्यक्षतामा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ