नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा, मन्त्रालयले गर्यो स्वीकृत
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
125
Shares
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। अर्थ मन्त्रालयले सोमबार नै उनको राजीनामा स्वीकृत गरिसकेको छ।
सीईओ चापागाईंले सोमबार नै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा बुझाएका थिए। उनले बुझाएको राजीनामापत्रमा घरायसी तथा व्यक्तिगत कारणले गर्दा पदमा निरन्तरता दिन नसकेको र राजीनामा दिनुपरेको उल्लेख गरेका छन्।
पूँजी बजारको नियामक निकाय नेप्सेको नेतृत्व सम्हाल्दै आएका चापागाईंको अचानक आएको राजीनामालाई शेयर बजार वृत्तमा निकै चासोका साथ हेरिएको छ।
नयाँ सीईओ नियुक्तिको प्रक्रिया अघि नबढुञ्जेलसम्मका लागि अर्थ मन्त्रालयले नेप्सेकै वरिष्ठ अधिकारीलाई कार्यवाहकको जिम्मेवारी दिने तयारी गरेको छ।