arrow

यात्रुकाे भेषमा अाएकाले गरे साझा बसमा अागजनी, ४ सिट जले

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
sajha_aaglagi.jpeg
काठमाडौं । काठमाडौंको बालाजुमा साझाबसमाथि आगजनी भएको छ । शनिबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओबादीले आह्वान गरेको बन्दको दिन सवारी चलाएको भन्दै यात्रुको भेषामा आएका दुर्इजनाले अागजनी गरेकाे बालाजु प्रहरीले जनाएकाे छ । अहिले बसको ४ वटा सि६मा सामान्य क्षति भएको छ । 
 
बा ४ ख ५६४८ नम्बरको बस बार्इपासमा यात्रु अाेरालेर अरु यात्रु चढाउन राेकिराखेकाे थियाे । बसमा क्षति हुन नदिन प्रहरीले तत्कालै आगो निभाउन थालेकोले  थप क्षति हुन नसकेको हो । आगाे लगाउने युवाहरु भाग्न सफल भएको प्रहरीले बताएको छ।  अहिले बिस्तृत रुपमा  प्रहरी खाेजीकार्य जारी राखेकाे जनाएकाे छ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ