arrow

थपियो कर्मचारीलाई मन्त्रालयमै सेवा, बिमार भयो कि ठाउँको ठाउँ उपचार [तस्बिरहरू] 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
karmachari-hospital-check-up-ministry (5).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । निजामती कर्मचारीलाई सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। 

गत १९ गतेबाट मन्त्रालय भवनको तल्लो तलामा सञ्चालनमा आएको उक्त सेवा इकाईमार्फत निजामती कर्मचारी आधारभूत स्वास्थ्य सेवा उपलब्ध गर्दै आएको छ । मन्त्रालयका अनुसार स्वास्थ्य सेवाका लागि कर्मचारीहरू अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै कार्यस्थलमै स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराइएको हो। 

साथै निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि मन्त्रालय परिसरमै सेवा इकाई स्थापना गरिएको जनाएको छ। सेवा इकाईबाट स्वास्थ्य परीक्षण, रगत परीक्षण, रक्तचाप (प्रेसर) जाँच, रगतमा चिनी (सुगर) परीक्षणलगायत विभिन्न आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ । 

उक्त स्वास्थ्य सेवा इकाईमा एक जना चिकित्सक, एक जना नर्स, एक जना ल्याब टेक्निसियन, एक जना प्रशासन कर्मचारी र एक जना सहयोगी गरी पाँच जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

स्वास्थ्य सेवा इकाईमा कार्यरत डा. लक्ष्मी शर्माले मन्त्रालयमै स्वास्थ्य सेवा उपलब्ध भएपछि कर्मचारीहरूले सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पतालमा लामो लाइन बस्नुपर्ने अवस्था अन्त्य हुने बताइन् । 

उनका अनुसार सम्पूर्ण शारीरिक परीक्षण, प्रयोगशाला सेवा, सुगर तथा प्रेसर परीक्षणलगायत आवश्यक स्वास्थ्य सेवा यहीँबाट प्रदान भइरहेको छ। सञ्चालन आएसँगै अहिले दैनिक रूपमा ५० जना भन्दा बढी कर्मचारीहरू स्वास्थ्य परीक्षण गर्न आउने गरेको डा. शर्माले बताइन् ।

सेवा सञ्चालनमा आएपछि कर्मचारीहरूलाई स्वास्थ्य सेवा लिन सहज भएको बताएका छन्। उनीहरूले कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध हुनु प्रभावकारी र समय बचत र अस्पतालमा गएर लामो लाइनमा बस्नु नपर्नेसमेत  बताएका छन् ।
 

karmachari-hospital-check-up-ministry (2).jpg
karmachari-hospital-check-up-ministry (3).jpg
karmachari-hospital-check-up-ministry (4).jpg
karmachari-hospital-check-up-ministry (5).jpg
karmachari-hospital-check-up-ministry (6).jpg
karmachari-hospital-check-up-ministry (7).jpg
karmachari-hospital-check-up-ministry (8).jpg
karmachari-hospital-check-up-ministry (9).jpg
karmachari-hospital-check-up-ministry (10).jpg
karmachari-hospital-check-up-ministry (11).jpg
karmachari-hospital-check-up-ministry (12).jpg
karmachari-hospital-check-up-ministry (13).jpg
karmachari-hospital-check-up-ministry (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ