arrow

वरिष्ठ नेता पौडेलले दिए होलीको शुभकामना

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
Ramchandra-Poudel-11.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रंगहरुको पर्वका रुपमा मनाईने नेपालीहरुको लोकप्रिय पर्व फागु पूर्णिमा अर्थात होली पर्व २०७३ का अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी वहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 
 
शरद ऋतृबाट वसन्त ऋतुको आगमनको यस पर्वले विविध जातजाती, भाषाभाषी, संस्कृति र  परम्परा रहेको नेपाली  समाजमा यसप्रकारको पर्वले सप्तरंगी इन्देणी रंगझै आपसमा हार्दिकता, मित्रता र सहिष्णुता बढाएर एकताको सुत्रमा आवद्ध गरी मुलुक सामु आईपर्ने जुनसुकै समस्या समेत समाधान गर्न प्रेरणा दिने विश्वास वरिष्ठ नेता पौडेलले व्यक्त गरेका छन् । आपसी छलफल र संवादबाटै गुनासाहरुलाई संवोधन गरी निर्धारीत मितिमा तीन तहको निर्वाचन सम्पन्न गर्न समेत यस पर्वले उत्साह थप्ने विश्वास पनि वरिष्ठ नेता पौडेलले व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ