arrow

काँग्रेससँग नजिकिँदै चीन

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
congress_china.png
काठमाडौं । पछिल्लो समय छिमेकी मुलुक चीनले नेपाली प्रजातन्त्रको जन्मदाता पार्टी नेपाली काँग्रेससँग नजिकिन खोजीरहेको विश्लेषण गर्ने गरिएको छ । चिनियाँ अधिकारीहरुको पछिल्लो गतिविधीले पनि यस्तो विश्लेषणलाई पुष्टि गर्ने गरेको छ । पछिल्ले समय नेपालमा आएकी चिनियाँ राजदूतको कार्यकाल सुरु भएसँगै चिनियाँ प्रतिनिधिमण्डलको भेटघाट नेपाली काँग्रेससँग बाक्लिँदै आएको विश्लेषण गरिएको छ । 
 
कूटनीतिक रुपमा चतुर रहेको भनेर चचर्न गरिने नेपालका लागि अहिलेकी चिनियाँ राजदूतले कार्यभार सम्हालेसँगै बाक्लिएको भेटघाटहरुबाट चिनियाँ पक्षले नेपालमा आफ्नो प्रभाव जमाउनको लागि संसद्को पहिलो दल नेपालीकाँग्रेसको भूमिका महत्वपूर्ण रहेको महशुस गर्दै गरेक भेटमा काँग्रेसलाई प्राथमिकतामा राख्ने गरेको छ । 
 
संसद्को पहिलो दलको हैसियतले पनि विदेशी कूटनीतिक नियोगका व्यक्तिहरुले काँग्रेस सभापतिलाई भेटघाट गर्नु सामान्य विषय हो । तर, सरकारका गतिविधिहरुमा पनि प्रधानमन्त्रीलाई भन्दा पहिले नेपाली काँग्रेसका सभापतिलाई बधाई तथा शुभकामना दिने, नेपाली काँग्रेसका नेताहरुलाई आफ्नो देशमा भ्रमणको लागि सबै चाँजोपाँजो मिलाउनेदेखि चीनबाट आएका उच्चस्तरीय प्रतिनिधि मण्डलले महत्वका साथ भेटघाट गर्नुले पनि यो विश्लेषणलाई पुष्टि गरेको छ । 
 
शनिबार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बुढानिलकण्ठमा पुगेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशक युवान झिविङको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेको थियो। सभापति देउवा र चिनिया प्रतिनिधिमण्डल बीच करीब ४५ मिनेटसम्म छलफल भएको थियो । 
 
नेपालको वर्तमान समसामयिक राजनीतिक अवस्था तथा नेपाल–चीन बीचको आपसी सम्बन्ध र सहयोगका विषयमा केन्द्रीत रहेको उक्त भेटघाटमा नेपाल–चीन बीचको ऐतिहासिक सम्बन्ध र भविष्यमा दुर्इ मुलुकबीचको सम्बन्धको विषयमा गहन छलफल भएको नेपाली काँग्रेसले जनाएको छ। चिनियाँ प्रतिनिधिमण्डलले सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणा दिंदै, चिनियाँ नेता तथा जनता उहाँको चीनमा स्वागत गर्न उत्सुक रहेको जानकारी समेत गराएका थिए।  
 
भेटघाटका क्रममा सभापति देउवाले नेपाल एक चीन नीतिप्रति कटिवद्ध रहेको र यसमा शंका गर्नु पर्ने कुनै आवश्यकता नरहेको बताएका थिए । नेपाल र चीन बीच सदियौंदेखि धनिष्ट र सुमधुर सम्बन्ध रहँदै आएको तथा चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा समय समयमा पार्टीको तर्फबाट चीन भ्रमण गर्ने नेपाली कांग्रेसको प्रतिनिधिमण्डलबाट प्राप्त अनुभव र जानकारीले पार्टीलाई लाभान्वित गरेको समेत सभापति देउवाले बताएका थिए। 
 
यसरी नेपाली काँग्रेससँग नजिकिन खोजेको विश्लेषणले दुई देशको आपसी मित्रतामा झनै बढी सकारात्मक सन्देश दिने विश्लेषण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ