arrow

होली पर्व धुमधामले मनाइदै, पहाडमा आइतबार र तराईमा सोमबार

logo
प्रकाशित २०७३ फागुन २९ आइतबार
holi-1024x576.jpg.jpeg
काठमाडौं । रंगैरंगको पर्व होली अर्थात् फागू पूर्णिमा । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक होली पर्व मनाइदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।
 
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।
 
असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । 
 
नेपालका पहाडी क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ