arrow

शहीद गौतमको शबयात्राको विषयलार्इ लिएर फेरि प्रदर्शन

logo
प्रकाशित २०७३ फागुन २९ आइतबार
anandabazaaar-kanchanpur.jpeg
काठमाडौं । सीमाविवादका कारण भारतीय सीमा सुरक्षा बल एसएसवीको गोली लागि ज्यान गुमाएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको शब यात्राको लागि सरकारले कमजोर व्यवस्थापन गरेको र शहीदको अपमान गरेको आरोप लगाउँदै युवाहरु आक्रोशित भएका छन् । 
 
शहीद गौतमको शबयात्राको लागि भनेर स्थानीय प्रशासनले नगरपालिकाको फोहोर बोक्ने गाडी पनि कुनै सिंगारपटार विना नै ल्याएको र तुल र ब्यानर विना नै आएको भन्दै स्थानीय आक्रोशित भएका हुन् । सरकारले उनलाई ११ तोपको सलामी सहित राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सोही अनुरुप आईतबार बिहान ८ बजे उनको अन्त्येष्टि गर्ने तयारी गरिएको थियो । 
 
तर, धनगढी महानगरपालिकाको फोहर उठाउने गाडी ल्याएर शव राख्न खोजेपछि स्थानीयले विरोध गरेका हुन् । शहीदको अपमान गरेको भन्दै आफन्तले शव उठाउन नदिएपछि अहिले सर्वसाधारणले फेरिधनगढी बजार बन्द गराउँदै हिँडेका छन् । गौतमको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । अस्पतालदेखि स्थानीय दोधा नदीसम्म हुने शवयात्रामा सहभागी हुन सयौं सर्वसाधारण भेला भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ