arrow

काठमाडौंमा ७१ समातीए, भक्तपुर र ललितपुर इमान्दार

logo
प्रकाशित २०७३ फागुन २९ आइतबार
holi_pakrau.jpeg
काठमाडौं । होली खेल्ने  क्रममा कानून विपरित काम गरेको आरोपमा काठमाडौंमा मात्रै ७१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जथाभाबी लोलाहन्ने जवरजस्ती रङ दल्न खोजेको आरोपमा ७१ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 
 
उनीहरुलार्इ काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। आइतवार देशका पहाडी भेगमा रङ खेलेर होली मनाइदै छ। उता होलीमा हुन सक्ने सम्भावित घटना रोक्न बाक्लो मात्रामा प्रहरी परीचालन गरीएको छ। हालसम्म उपत्यकाका अन्य जिल्ला भक्तपुर र ललितपुरमा भने कसैलार्इ नियन्त्रणमा लिइनसकेको प्रहरीले जनाएको छ । 
 
उता भक्तपुरमा भने यस वर्षको होली यस अघिको भन्दा शान्तिपूर्ण रहेको प्रहरीले दाबी गरेको छ । प्रहरीले यस वर्ष कसैलाई पनि पक्राउ नगरिएको र त्यस्तो गतिविधि भएको गुनासो पनि नआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसा होलीको अघिल्लो दिननै प्रहरीले कडा शान्तिसुरक्षा प्रदान गरेकोले घटना कम भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ