डेढ महिनापछि बालेन संसदमा झुल्किए, २० मिनेटमै बाहिरिए [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
238
Shares
तस्बिर : रासस र नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेन आजको प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन् । गत जेठ १७ गतेको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भइसकेपछि उनी आज पहिलो पटक संसद्मा उपस्थित भएका हुन् ।
त्यसदिन उनले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि चर्को विरोध भएको थियो र विपक्षीहरुले कयौँ दिन संसद् अवरुद्ध गरेका थिए ।
आजको संसद् बैठकमा प्रधानमन्त्रीसँगै रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए । सँगै संसद् प्रवेश गरेका उनीहरू २० मिनेट बसेर सँगै बाहिरिएका थिए। बालेन र रवि बैठकमा सहभागी भइरहँदा विपक्षी सांसदहरुले सरकारको चर्को आलोचना गरिरहेका थिए ।
प्रधानमन्त्रीले हरेक महिनाको पहिलो साताको एक दिन सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने चलन रहे पनि बालेनले त्यसलाई पालना गरेका छैनन् ।