arrow

आयल निगमले बुधबारदेखि एलपी ग्यास भरिएको सिलिन्डर दिने, उपभोक्तालाई नझुक्किन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । नेपाल आयल निगमले बुधबारदेखि पहिलेकै जस्तै १४.२ केजीको भरिएको एलपी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ । 

इन्डियन आयल कर्पोरेशनले लोडिङको अवस्थामा सुधार आएको तथा उपभोक्ताबाटसमेत १४.२ केजीकै सिलिन्डरको उच्च माग भएसँगै निगमले पूरा ग्यास नै उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । 

पूरा ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ पर्नेछ । बजारमा ७.१ केजीको ग्यास पनि रहेकाले त्यो पूर्ण प्रतिस्थापन नहुन्जेल दुवै ग्यास बजारमा रहने छन् । 

निगमले उपभोक्तालाई नझुक्किइकनै ग्यास लिन आग्रह गरेको छ । निगमले भारतबाट नियमित रूपमा ग्यास आइरहेकाले सिलिन्डर भण्डारण नगर्न पनि आग्रह गरेको छ । 

उपभोक्ता ठगिने सम्भावना भने बढेको छ । पूरा भरि  सिलिन्डर भनेर आधा सिलिन्डर पसलबाट दिन सकिने शंका भएको हो । 

यसअघि ग्यासको मूल्यमा सय रुपैयाँ घटेको भए पनि नयाँ सिलिन्डर नआएको र पुरानै स्टक रहेको भन्दै दुई हजार एक सयकै मूल्यमा उपभोक्ताले किन्न परिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ