arrow

केन्या विरुद्धको खेल हेर्न कीर्तिपुर मैदानमा दर्शकको ओइरो, आउने क्रम जारी

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
nepvsken3-darshak.jpeg
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको दोस्रो खेल हेर्न नेपाली दर्शकहरु आयोजनास्थल त्रिविविको मैदान कीर्तिपुरमा पुग्ने क्रम जारी रहेको छ ।
 
झण्डै सात हजारको संख्यामा दर्शक पुगिसकेका छन् भने पुग्ने क्रम जारी रहेको छ । नेपाली दर्शक देखेर आइसीसी टिम भने सधै नतमस्तक हुने गरेको छ ।
 
२०० रुपैयाँको टिकट लिएर दर्शक गएका हुन् । टिकट नलिइ बाहिरबाट हेर्ने दर्शक पनि उल्लेख्य छन् । 
 
क्रिकेट फ्यान पहिलेदेखि नै नेपालमा बढी छन् । यसअघि शनिबारको खेलमा दर्शकहरुले देखाएको क्रेजले खुवै प्रशंसा पाएको थियो ।
 
हाम्राकुराले खिचेको एउटा तस्वीर त सामाजिक संजालमा भाइरलसमेत भएको थियो । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ