arrow

फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफलमा प्रधानमन्त्री बालेन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
balendra-saha-pm-25-03.jpg
तस्बिर : फाइल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनले विभिन्न पेसा र व्यावसायिका संस्था र व्यक्तिसँग संवादको क्रमलाई  आज पनि निरन्तरता दिएका छन् । आज उनले जुत्ता व्यवसायी सङ्घ (फुटवेयर एसोसिएसन) का पदाधिकारीसँग छलफल गर्दै छन् ।

प्रधानमन्त्री साहले एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रूद्र न्यौपाने, सल्लाहकार कालीदास गौतमलगायतसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

स्वदेशी जुत्ताचप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका  चुनौती र नीतिगत सुधारका विषयमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ