arrow

नेपालले करिम र ओबुयाको तेस्रो विकेटको साझेदारी मुस्किलले तोड्यो, सन्दीप बने ब्रेकर

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
NepvKen2.jpeg
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा केन्यासंग दोस्रो खेल खेलिरहेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै उत्कृष्ट सुरुवात गर्ने क्रममा १४ रन दिंदा २ विकेट लिए पनि तेस्रो विकेट लिन भने निकै सकस भयो ।
 
इर्फान करिम र कोलिन्स ओबुयाले ठोस साझेदारी गरे । तेस्रो विकेटका लागि दुवैबीच ७९ रनको साझेदारी भएको छ । ओयुवा ४८ रनमा आउट भएका छन् । साझेदारी तोड्न अष्ट्रेलियामा अनुभव लिन सफल सन्दीप लामिछाने सफल भएका छन् ।
 
पहिलो स्पेलमा मेहबुब आलमले भने उत्कृष्ट बलिङ गरेका छन् । मेहबुबले ७ ओभरमा ९ रन खर्चेर ५ मेडन राख्दै २ विकेट लिएका छन् । 
 
सोमपाल कामीले भने रन बढी नै दिएका छन् । 
 
पारस खड्का दोस्रो खेलमा पनि बाहिरै रहनु परेको छ । 
 
पहिलो खेलमा गत शनिबार पराजय भोगेको नेपालका लागि वर्षा नै हारको कारक बनेको थियो ।
 
तर यो खेलमा भने विजय हासिल गर्ने मुख्य प्रशिक्षक जगत टमाटाको दावी छ । उनले पहिलो खेलमा भएको कमजोरी सुधार्दै खेल आफ्नो पक्षमा पार्ने बताए । उनले भने, ‘हाम्रो कमजोरी ब्याटिङमा हो, आजको खेलमा सुधार गर्छौं ।’
 
नेपालले यो खेलमा केन्यासंग पराजय बेहोरे ८ टीम सहभागी च्याम्पियनसिपको शीर्ष चारभित्र परेर आगामी विश्वकप एक दिवसीयको छनोट खेल्ने सम्भावना लगभग सकिने छ । 
 
एक दिवसीय विश्वकपको अनुभवी केन्यालाई हराउन सके नेपालले फड्कोमात्र मार्नेछैन विश्वकप छनोटको सम्भावनालाई जिवितै राख्नेछ । 
 
केन्या १० अंकसहित पाँचौं स्थानमा छ भने ६ अंकको नेपाल छैटौं स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ