arrow

कमल थापाले भने- ''उपप्रधानमन्त्री बन्दैमा संशोधनको पक्षमा भोट हालिँदैन

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
kamal-thapa-news.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफू उपप्रधानमन्त्री बन्दैमा संविधान संशोधनको पक्षमा मतदान नगर्ने स्पष्ट पारेका छन् । शुक्रबार उपप्रधान तथा संघीय मामला तथा स्थानीय विकास मन्त्रीको रुपमा सपथ ग्रहण गरेसँगै संविधान संशोधनको पक्षमा सरकारले दुई तिहाई पुर्याउने आकलन गरिरँदा अध्यक्ष थापाले सोमबार विहान आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले भनेका छन् "दोहराएर भन्छु राप्रपाले संसदमा हाल बिचाराधीन विधेयकको पक्षमा मत दिंदैन।  निर्णयार्थ पेश भए बिपक्षमा भोट हाल्छ।आफ्नो स्वार्थकालागि भ्रम नछरौं ।"
 
उनले आफ्नो ट्वीट मार्फत आफू सरकारमा जानु अगावै राप्रपा सरकारमा रहेको भन्दै चुनावको सुनिश्चितताकोलागि सरकारलाई नैतिक बलदिन मात्र आफू शीर्षतहमा सहभागी भएको  स्पष्ट पारेका छन् । 
 
उनी तानाशाही भएको र आफ्नो स्वार्थपूर्तिका लागि राप्रपालाई सानो झुण्ड बनाईएको भन्दै आईतबार मात्रै राप्रपाका वरिष्ठनेता डा. प्रकाशचन्द्र लोहनीले सोमबारमात्रै राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । लोहनीले पार्टी छाडेपछि कमलथापाले आफूलाई चोख्याउन यस्तो ट्वीट गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ