arrow

पशुपतिमा भट्टबाटै यस्तो भ्रष्टाचार ! १७ वर्षसम्म किन सरुवा हुँदैनन् प्रहरी ?

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
pashupatinath-mandir.jpeg
काठमाडौं । पशुपतिका मूल भट्टहरु, पेसाले उनीहरु सम्मानित छन् । आराध्यदेव पशुपतिनाथको चरणमा बसेर दुनियाँलाई मुक्तिको बाटो देखाउने भट्टहरु नै भ्रष्टाचारको फोहोरी खेलमा चुर्लुम्म डुवेका छन् भन्ने सुन्दा तपाईँपनि अचम्ममा पर्नुहोला । तर, अचम्म मान्नु पर्ने कारण नै छैन । 
 
पशुपतिमा मूल पुजारीका रुपमा रहेका मूल भट्ट र सहायक भट्टहरुको मिलेमतोमा पशुपति प्रवेशको विषयमा नै ठूलो आर्थिक चलखेल हुने गरेको छ । नेपाल प्रहरीका ४ जना प्रहरी र भट्टहरुको मिलेमतोमा ठूलाठूला व्यवसायीहरुलाई पशुपतिका भट्टसँग भेटाउने र उनीहरुबाट मोटो रकम असुली गर्ने गरेको भेटिएको छ । 
 
यसरी व्यवसायीहरुलाई भट्टसँग भेटाउने काम गर्ने पशुपतिका ४ प्रहरीहरु लामो समयसम्म सरुवा पनि हुने गरेका छैनन् । कसैले सरुवा गर्न खोजेको खण्डमा पनि दुई तीन दिन भित्रै फेरि फर्किएर आउने गरेका छन् । 
 
अहिले ती चारै जनालाई पहरा गण त्रिपुरेश्वरले सरुवा गरेको छ । तर, ती चारै जना तीन दिन भित्र फेरि सोही ठाउँ आएर देखाईदिने भन्दै आफ्ना विपक्षीहरुलाई चुनौती दिएर हिँडेको स्रोतले जानकारी दियो । यसरी सरुवा हुने प्रहरीहरुमा असईद्वय शम्भु ठाकुर र रणवीर कुमार सिंह, हवल्दाल रामहरि फुयाँल र प्रहरी जवान दल बहादुर खड्का रहेका छन् । उनीहरुले तीनदिनभित्र फर्किने भन्दै चुनौती दिएर हिँडेका हुन् । 
 
सरुवा भएपछि असई ठाकुरले सरकारले नियुक्ति दिएर पनि अदालतमा केश परेका प्रहरी महानिरीक्षक जयबहादुर चन्द आफ्नो मान्छे भएको भन्दै जसरी पनि आफू फिर्ता भएरै छाड्ने भन्दै गएका थिए । ठाकुर १७ वर्षदेखि पशुपतिबाट सरुवा भएका छैनन् भने अरु तीन जना ४ वर्षदेखि सो ठाउँमा निरन्तर कार्यरत छन् । 
 
यसरी यी प्रहरीहरु सरुवा भएको खण्डमा आफूलाई पनि अतिरिक्त आम्दानी नहुने भएपछि पशुपतिका भट्टहरुले नै भारतीय दूताबास मार्फत् दबाब दिन लगाएर ती प्रहरीहरुलाई सोही ठाउँमा फिर्ता गराउने गरेका छन् । उनीहरु त्यसैको आडमा फेरि आफू फिर्ती हुनेमा ढुक्क रहको स्रोतको दाबी छ । तर पशुपतिका मूलभट्ट गणेश भट्ट, दोस्रो दर्जामा रहेका रामभट्ट, तेस्रो दर्जाका गिरिश भट्ट, चौथो दर्जाका नारायण भट्ट चारै जनाको यो फोहोरी खेलले आम भक्तजनहरु भने समस्यामा पर्ने गरेका छन् । 
 
भट्टहरुले भक्तजनलाई फूल दिने सवालमा समेत भेदभाव गर्ने गरेको गुनासो आउने गरेको छ । उनीहरुले ठूला व्यवसायीहरुलाई मन्दिर भित्रकै फूल दिने र नियमित लाईनमा बसेर दर्शन गर्नेहरुलाई भने बाहिर कै फूल पठाइदिने गरेको स्रोतको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ