arrow

घरजग्गा कारोबारबाट कुन महिनामा कति उठ्यो राजस्व ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
plotting-land-sold.jpg

काठमाडौँ । गत असार महिनामा घरजग्गा कारोबारबाट उल्लेख्य रूपमा राजस्व सङ्कलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व सङ्कलन भएको हो। यो रकम आर्थिक वर्ष २०८२/८३ को कुनै पनि एक महिनामा सङ्कलन भएको राजस्वमध्ये सबैभन्दा बढी हो।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमा नै गरिएकाले असार महिनामा कारोबारमा तीव्र वृद्धि भएको अनुमान गरिएको छ। कोरोनाकाल र गोरखा भूकम्पपछिको अवधिमा घरजग्गा क्षेत्रबाट एकै महिनामा यति धेरै राजस्व सङ्कलन भएको यो पहिलो पटक हो।

विभागले उपलब्ध गराएको वर्षभरिको विवरण अनुसार साउनमा रु ३ अर्ब २८ करोड ९१ लाखभन्दा बढी राजस्व उठेकोमा भदौमा केही घटेर रु ३ अर्ब १४ करोड ७ लाखमा खुम्चिएको थियो। चाडबाडको समय मानिने असोज र कात्तिकमा भने राजस्व सङ्कलन निकै न्यून रह्यो। असोजमा रु २ अर्ब ७५ करोड ८५ लाख र कात्तिकमा रु २ अर्ब ७४ करोड ५१ लाख मात्रै सरकारको खातामा जम्मा भएको थियो।

मङ्सिरदेखि भने घरजग्गा बजारमा केही सुधार देखिन थाल्यो। मङ्सिरमा रु ४ अर्ब ८४ करोड ८१ लाख संकलन भएकोमा पुसमा बढेर रु ५ अर्ब १७ करोड ३२ लाख पुग्यो। यस्तै, माघमा रु ५ अर्ब ९९ लाख र फागुनमा रु ४ अर्ब १४ करोड ९५ लाख राजस्व प्राप्त भयो।

वर्षको अन्तिम चौमासिकमा कारोबार अझ बलियो बन्यो। चैतमा रु छ अर्ब १६ करोड ५७ लाख र जेठमा रु पाँच अर्ब २४ करोड ४२ लाख राजस्व सङ्कलन भयो। गत वैशाख महिनामा संकलन भएको रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ भने उक्त आर्थिक वर्षकै दोस्रो धेरै राजस्व सङ्कलन बन्न पुग्यो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ