arrow

' ओलीको नश्लवाद हिटलरको नाजिवादको कलात्मक रूप '

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
rajendra-shrestha.jpeg
काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एमालेको मेची महाकाली अभियानलाई नश्लीय विष फैलाउने खेल भन्दै सप्तरी घटनामा एमाले दोषी रहेको आरोप लगाए । उनले ओलीको नश्लवाद हिटलरको नाजिवादको कलात्मक रूप भएको बताए ।
 
सङ्घीय समाजवादी फोरम, शेर्पा प्रदेश समितिले राजधानीको गोकर्णेश्वर नगरपालिकाको, जोरपाटीमा मे मो च्या ल्हो २१४४ औं ग्याल्पो लोसारको अवसरमा आयोजित शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सहअध्यक्ष श्रेष्ठले थपे एमाले कुनैपनि हालतमा संविधान संशोधन रोक्न लागि परेको छ । उनले एमालेको प्रतिगामी र विभेदकारी नीतिका कारण देश पुनः ठूलो मुठभेदतर्फ गइ रहेको बताएका छन् । उनले भने ‘आदिवासी जनजाति, मधेशी, खस, शिल्पी लगायतका उत्पीडित समुदायलाई अधिकार दिन एमालेले चाहेकै छैन, कुनैपनि हालतमा संशोधन रोक्न एमाले उद्दत छ ।’  
 
विश्वको सङ्घीय संविधान भएका मुलुकहरूको संविधानसँग तुलना गर्दा नेपालको संविधान विश्वकै खराव र निष्कृष्ट संविधान भएकाले यसलाई नेपालका उत्पीडित समुदायहरूले कुनैपनि हालतमा स्वीकार्न नसक्ने बताउँदै श्रेष्ठले भने ‘अहिले पनि हामीलाई भ्रमित बनाइ रहेको छ र संविधान स्वीकार्न वाध्य तुल्याउन स्थानीय निर्वाचन घोषणा गरी हामीलाई निर्वाचन वहिस्कार गर्न वाध्य तुल्याइ रहेको छ । हामी यसमा सचेत हुनुपर्छ ।’ पूर्वमन्त्री समेत रहेका श्रेष्ठले पुराना दलहरूले सङ्घीयतालाई साँचो अर्थमा स्वीकारेको हो भने पहिला सङ्घ र प्रदेशको निर्वाचन गराउनु पर्दछ भन्ने कुरा पनि बताए । 
 
प्रधानमन्त्री पुस्पकमल दाहालले स्थानीय तह प्रदेश मातहत रहने कुरा स्वीकार्दै पछि नजीर नहुने गरी पहिलो पटकका लागि केन्द्रले नै गराउने निर्वाचनमा भाग लिन आग्रह गरेको तर्फ इङ्गित गर्दै उनले भने ‘संविधान संशोधन विना कुनै पनि निर्वाचन हामीलाई स्वीकार्य छैन ।’
 
कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित समाजवादी फोरमका उपाध्यक्ष द्वय रकम चेम्जाङ र हेमराज राईले पहिचानसहितको राज्य निर्माण गर्ने अभियानमा आफूहरू लागि परेको बताए । उक्त कार्यक्रममा उपाध्यक्ष्य रकम चेम्जोङले भने ‘लोककल्याणकारी राज्यको परिकल्पना हामीले गरेका छौं, अहिलेको जस्तो दमनकारी राज्य होइन ।’ समृद्धीका लागि पहिचानसहितको सङ्घीयता आवश्यक छ । उनले भने ‘पहिचानसहितको सङ्घीयता भन्नु नै जातिको नामबाट राज्यको नामकरण गर्नु र सवैलाई राज्यको पहुँचमा पुर्याउनु हो । त्यसो भएमात्रै समृद्ध राष्ट्र निर्माण संभव छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ