arrow

वडाबाट मात्रै ६६ सय ८० जना नेता बन्दै

पर्यवेक्षकको योग्यता कम गर्न माग

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
election_local4.jpeg
काठमाडौं । लामो समय पछि सरकारले गर्न लागेको स्थानीय तहको निर्वाचनमा कूल ६ हजार ६ सय ८० जना वडा अध्यक्ष बन्ने भएका छन् । आसन्न निर्वाचनमा वडाबाट मात्रै सो संख्यामा वडाबाट प्रतिनिधि (अध्यक्ष) चयन हुने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । 
 
सोमबार निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७४ को पर्यवेक्षण निर्देशिकाका सम्बन्धमा निर्वाचन पर्यवेक्षण गर्दै आएका सरोकारवाला संस्थाहरूसँग कान्तिपथस्थित आयोगमा गरेको अन्तरक्रिया कार्यक्रममा यादवले यस्तो बताएका हुन् ।अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. यादवले स्थानीय निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन सहयोगीको भूमिका निर्वाह गर्न पर्यवेक्षण गर्ने संस्थाका प्रतिनिधिहरूसँग आग्रह गरे । उनले विगतको अनुभवलाई आधार मानेर स्थानीय तह निर्वाचनको पर्यवेक्षणको गुणस्तरीयतामा जोड दिए । 
 
उनले हरेक वडाबाट महिला, दलित, सीमान्तकृतको प्रतिनिधित्व हुने व्यवस्था गरिएकाले पर्यवेक्षण गर्ने संस्थाहरूले पनि पर्यवेक्षकहरूको छनौट गर्दा समावेशी पक्षलाई ध्यान दिन आग्रह गरे । 
 
अन्तर्क्रियामा आयोगका उपसचिव मुकुन्द शर्माले ‘स्थानीय तह निर्वाचन पर्यवेक्षणसम्बन्धी नीति निर्देशिका र आचार संहिताका प्रस्तावित व्यवस्थाहरू’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसपछि पर्यवेक्षणसँग सरोकार राख्ने संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आयोगले पर्यवेक्षकको उमेर २१ र शैक्षिक योग्यता प्लस टु वा सो सरह हुने प्रस्ताव राखेकोमा त्यसलाई घटाउन र सातवटै प्रदेशका कम्तीमा एक सयवटा मतदान स्थलको पर्यवेक्षण गर्नुपर्ने प्रस्तावलाई सरलीकृत गर्न सुझाव दिए ।
 
साथै उनीहरूले पर्यवेक्षक संस्थाहरूले लेखा परीक्षणको प्रतिवेदन आयोगलाई दिने व्यवस्था गरिनुपर्ने, शहरी क्षेत्रका मतदान स्थलमा जन्ती आए जस्तो पर्यवेक्षकहरू आएर मतदान अधिकृतलाई नै हैरानी पार्ने गरेको तर दुर्गम क्षेत्रमा कसैको उपस्थिति नहुने गरेको विगतको अनुभव रहेकाले यसतर्फ आयोगको ध्यान पुगोस् भन्ने सुझाव दिए । अन्तरक्रियामा आयोगका माननीय आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सचिव गोपीनाथ मैनाली, सहसचिव दीपक सुवेदीलगायतको सहभागिता थियो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ