arrow

बर्नहम इङ्गल्याण्डका नयाँ प्रधानमन्त्रीमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
andy-burnham-british-pm-2026.jpg

लन्डन । एन्डि बर्नहम इङ्गल्याण्डका नयाँ प्रधानमन्त्री बनेका छन् । गत शुक्रबार लेवर पार्टीको नेता बनेका ५६ वर्षीय बर्नम आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्दै सोमबार बेलायतको ५९औँ प्रधानमन्त्री बनेका हुन् । । 

बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चाल्र्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ । दरबारको विज्ञप्तिमा राजाको उक्त आह्वान बर्नहमले स्वीकार गरेको जनाइएको छ । उनी पाँच वर्षभित्रै बेलायतको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुन् । 

यसअघि जुन २२ मा सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले सोमबार राजा चाल्र्सलाई बकिङ्गम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए । 

त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै दुई वर्षअघिभन्दा देश ‘बलियो’ बनेको बताएका थिए । उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने बताए । सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा अर्थतन्त्र बलियो भएको, सार्वजनिक सेवाहरूमा सुधार आएको, बालबालिकाहरू गरिबीबाट मुक्त भएका, आप्रवासन घटेको र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा “निकै बढेको“ बताए । 

लेबर पार्टी तल्लो सदन ‘हाउस अफ कमन्स’ मा बहुमत प्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नहम प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रधानमन्त्री बनेपछि उनले संसदीय निर्वाचनको घोषणा गर्न सक्नेछन् । अहिलेम्म उनले ताजा चुनावको विकल्प रोज्ने सङ्केत देखाएका छैनन् । 

बेलायतमा नियमित तालिका अनुसार सन् २०२९ को अगस्ट १५ मा आवधिक निर्वाचन हुनेछ ।     बर्नहमले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरेका छन् । 

उनी विगतमा सन् २०१० र सन् २०१५ मा गरेर दुई पटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए ।     ग्रेटर म्यान्चेस्टरका पूर्वनगरप्रमुख बर्नहम गत जुन महिनामा मात्रै उपनिर्वाचन जितेर सांसद बनेका हुन् । 

बकिङ्गम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका बर्नहमले आफू दश वर्षमा देशको सातौँ प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब ‘एउटा समीक्षा र नयाँ सङ्कल्पको समय’ भएको बताए । 

उनले बेलायतले विश्वलाई उसले स्थायित्व प्राप्त गर्न सक्ने कुरा देखाउनु आवश्यक रहेको बताए । उनले आफ्नो चुनौती भनेको नयाँ राजनीतिक र आर्थिक मोडल निर्माण गर्नु र देशको हरेक क्षेत्रलाई ऊर्जावान् बनाउनु रहेकोप्रति पनि जोड दिए । 

“म तपाईँहरूलाई सुन्छु। हामीले पर्याप्त रूपमा राम्रो गरेका छैनौँ र हामी अझ राम्रो हुन आवश्यक छ। हामी हुनेछौँ,” उनले थपे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ