कीर्तिपुरमा शंकास्पद घटनाः रोकिराखेको कारमा आगलागी, चालकको मृत्यु [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
581
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । कीर्तिपुरको चाँदनीचोकमा रोकिराखेको कारमा आगलागी भएको छ । घटनामा चालकको जलेर मृत्यु भएको छ । उनको शव सिट बेल्ट लगाएको अवस्थामा फेला परेको छ ।
मंगलबार बिहान बा५च ३०३८ नम्बरको कार जलेको हो । आगलागीको कारण र मृतकको पहिचान खुलेको छैन ।
चाँदनीचोकस्थित एक खाली जग्गामा पार्किङ गरेको अवस्थामा कार जलेको हो । बा ५ च ३०३८ नम्बरको सेतो कार जलेको अवस्थामा फेला परेको हो । कार त्यहाँ पुगेपछि चालक बाहिर नओर्ली भित्रबाट नै आगो लागेको जनाइएको छ ।