arrow

मकवानपुरका ८ गाउँपालिकाले पायो निमित्त गाउँपालिका प्रमुख, को कहाँ भए ?

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ फागुन ३० सोमबार
Makawanpur.jpg.jpeg
हेटौंडा । मकवानपुरमा रहेको ८ वटा गाउँपालिकाले सोमबार नै गाउँपालिकाको निमित्त प्रमुख पाएको छ । जिल्ला विकास समिति मकवानपुरले जिल्लाको ८ वटा गाउँपालिकाका निमत्ति प्रमुखहरुलाई नियुक्ती प्रदान गरिएको जनाएको छ । 
 
आठ गाउँपालिका निमित्त प्रमुखहरुमा बाग्मती गाउँपालिकामा शुक्रराम राई, बकैया गाउँपालिकामा ताराप्रसाद आचार्य, भिफफेदीमा विश्वराज लामा, मकवानपुर गढीमा युवराज पौडेल, मनहरी गाउँपालिकामा मिनराज कोइरालाई, राक्सीराङ गाउँपालिकामा चुननारायण श्रेष्ठ, कैलाशमा मनोज लामिछाने र इन्द्रसरोबर गाउँपालिकामा राजकुमार सुवेदीलाई जिम्मेवारी दिईएको छ । 
 
आजैबाट निमित्त कार्यकारी अधिकृतहरु आफ्नो कार्यक्षेत्रमा प्रवेश गरेको जिविस मकवानपुरले जनाएको छ । यसरी निमित्तको जिम्मेवारी पाउनेहरु नेपाल सरकारको राजपत्र अनंकित प्रथम श्रेणिका अधिकृतहरु हुन् । मकवानपुरमा अहिले एक उपमहानगरपालिका, एक नगरपालिका सहित १० वटा स्थानीय तह रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ