arrow

श्रीकृष्णको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
rashifal-horoscope-5.jpg

आजको पञ्चाङ्ग

मिति २०८३ साउन ६ गते बुधबार, इस्वीसंवत जुलाई २२ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आषाढशुक्लपक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढशुक्लपक्षको अष्टमी तिथि बिहानमा ७ः४८ बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ । नक्षत्रमा स्वाति रातिमा १ः५५ बजेसम्म त्यसपछि विशाखा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा साध्य ४२ घटि ३४ पलासम्म त्यसपछि शुक्ल योग लाग्नेछ। करणमा बालब अहोरात्र रहनेछ । आनन्दादि योगमा धूम्र रहनेछ।

सूर्य कर्कट राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३३ घटि ५७ पला अर्थात १३ घण्टा ३६ मिनेटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः२२ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः५७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने दिनमा १ः०६ बजे र अस्ताउने समय रातिमा ११ः५६ बजे रहेको छ। आज बुधाष्टमी व्रत गर्ने र गोरखकाली पूजा गर्ने दिन रहेको छ।

आजको राशिफल

मेषः आज पारिवारिक जीवनमा सुख र शान्ति छाउनेछ। घरका साना सदस्यहरूको प्रगतिले मन हर्षित हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ भने कुनै महत्वपूर्ण निर्णयमा परिवारको पूर्ण साथ मिल्नेछ। स्वास्थ्य निकै सबल रहनेछ। प्रेम जीवनमा रोमान्स र सामीप्यता बढ्नेछ। विद्यार्थीहरूका लागि आजको दिन निकै उपलब्धिमूलक रहनेछ। शत्रुहरू परास्त हुने दिन पनि रहेको छ । कार्यक्षेत्रमा तपाईँको क्षमता र कार्यकुशलताको चर्चा हुनेछ। व्यावसायिक प्रतिस्पर्धामा तपाईँले जित हासिल गर्नुहुनेछ।

वृषः आज वैदेशिक व्यापारमा लागेका व्यक्तिहरूले विशेष लाभ प्राप्त गर्नेछन्। दाम्पत्य जीवनमा आपसी समझदारी र प्रेम बढ्नेछ। घरमा कुनै उत्सव वा पाहुनाको आगमनले खुसीयाली छाउनेछ। चन्द्रमाको प्रभावले मानसिक रूपमा निकै सन्तुष्ट अनुभव गर्नुहुनेछ। विद्यार्थीका लागि आजको दिन विशेष रहनेछ । कडा मिहिनेतको उचित फल प्राप्त हुनेछ । स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। यात्रा गर्दा खानपानमा केही सावधानी अपनाउनुहोला। तर ऋण र नगद सापटी दिने काम आज नगर्नुहोला।

मिथुनः आज घरका सानातिना कुराले मनमा चिन्ता बढाउनेछ। चन्द्रमाको प्रभावले सन्तानको व्यवहारमा सुधार ल्याउन अलि बढी ध्यान दिन आवश्यक देखिन्छ। प्रेम सम्बन्धमा सामान्य उतारचढाव आउनेछ, सतर्क हुनुहोला। विद्यार्थीका लागि पनि कडा मिहिनेतको आवश्यकता छ। वैदेशिक अध्ययनका लागि केही समय धैर्य गर्न आवश्यक छ। आर्थिक रूपमा खर्चको मात्रा बढ्न सक्नेछ। पारिवारिक वातावरण सामान्य रहनेछ। तर आज धार्मिक यात्रा र घरमा शुभकार्य गर्दा निकै राम्रो हुनेछ। 

कर्कटः आज सन्तान वा विद्यार्थी पक्षबाट सुखद् समाचार सुन्न पाइनेछ। चन्द्रमाको प्रभावले मनमा प्रसन्नता र शरीरमा स्फूर्ति रहनेछ। प्रेम सम्बन्धमा नयाँ आयाम थपिनेछ। मन मिल्ने साथीसँग गहिरो कुराकानी हुने अवसर मिल्नेछ। विद्यार्थी वर्गका लागि अध्ययनमा एकाग्रता बढ्नेछ । नयाँ शैक्षिक उपलब्धि हात लाग्नेछ। कार्यक्षेत्रमा तपाईँको नयाँ सोचले निकै राम्रो काम गर्नेछ । शेयर बजारमा गरिएको लगानीले राम्रो नतिजा दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ। 

सिंहः आज स्वास्थ्य निकै राम्रो रहनेछ। चन्द्रमाको प्रभावले दाजुभाइ र दिदीबहिनीबाट विशेष सहयोग मिल्नेछ। राजनीति तथा समाज सेवामा तपाईँको लोकप्रियता बढ्नेछ । धार्मिक कार्यमा सहभागी हुन पाइनेछ । खेलकुद र व्यायाममा रुचि बढ्ने भने प्रेम जीवन निकै रमाइलो हुनेछ। नयाँ साथीहरू थपिने र सामूहिक कार्यमा सफलता मिल्ने योग छ। नयाँ कार्यको शुरुवात गर्न आजको समय निकै शुभ छ। आर्थिक लाभको बलियो योग रहेको छ। व्यापारमा उल्लेखनीय प्रगति हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखएिको  छ। 

कन्याः आज दैनिक खर्चमा वृद्धि हुनेछ । पारिवारिक सम्बन्धमा केही तनाव बढ्न सक्छ। चन्द्रमाको प्रभावले आफन्तसँगको व्यवहारमा सजकता अपनाउनुहोला। मानसिक रूपमा केही चिन्ताले सताउन सक्नेछ । स्वास्थ्यमा पनि सामान्य समस्या देखिन सक्नेछ। प्रेम जीवनमा भने नयाँपन महसुस हुने देखिएको छ। विद्यार्थीका लागि कडा परिश्रमले मात्र नतिजा प्राप्त हुनेछ । कला र संगीतमा रुचि बढ्नेछ भने तपाईँलाई मानसिक तनावबाट मुक्ति दिनेछ। कार्यक्षेत्रमा केही नयाँ अवसर आउने दिन रहेको छ।

तुलाः आज घरमा माङ्गलिक कार्यको चर्चा हुनेछ। सन्तानको प्रगतिले मनमा खुसी छाउनेछ । चन्द्रमाको प्रभावले तपाईँको पनि सामाजिक प्रतिष्ठा बढ्नेछ। पुरानो रोगबाट केही राहत मिल्ने छ। आफ्नो दैनिक कार्य तालिकामा केही रचनात्मक काम थप्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहने देखिएको छ। जीवनसाथीको सहयोगले कार्यक्षेत्रमा पनि सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि आजको दिन निकै फलदायी रहनेछ। विदेश यात्राको योजनामा हुनुहुन्छ भने प्रक्रिया अगाडि बढाउँदा राम्रो हुने ग्रहगोचर छ ।

वृश्चिकः आज बोलीमा नियन्त्रण नहुँदा प्रियजनसँगको सम्बन्ध बिग्रिन सक्नेछ। चन्द्रमाको प्रभावले दाजुभाइ वा छिमेकीसँगको सम्बन्धमा पनि तपाईं सजग रहनुहोला। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्नेछ। प्रेम सम्बन्धमा केही चिसोपन आउन सक्ने देखिएको छ। जीवनसाथीको भावना बुझ्न प्रयास गर्दा राम्रो हुनेछ । आजको दिन चुनौतीपूर्ण रहे पनि कडा मिहिनेतले नतिजा सुधार गर्न सकिनेछ। धार्मिक यात्राको योजना बन्न सक्छ, जसले मानसिक रूपमा पुनर्जीवित बनाउने देखिएको छ। 

धनुः आज परिवारमा खुसीको खबर सुन्न पाइनेछ । मित्रवर्गबाट पनि भरपुर सहयोग र साथ पाइनेछ। चन्द्रमाको प्रभावले अपरिचित व्यक्तिको सल्लाहले फाइदा पुग्न सक्नेछ। मानसिक रूपमा शान्त र शारीरिक रूपमा सक्रिय महसुस गर्नुहुनेछ। नियमित व्यायामलाई निरन्तरता दिनुहोला। प्रेम जीवनमा मधुरता छाउनेछ। विद्यार्थीहरूका लागि नयाँ विषयको अध्ययन सुरु गर्न अनुकूल समय छ। रचनात्मक कार्यमा संलग्न हुनाले मानसिक तनाव कम हुनेछ। प्रियजनसँगको यात्रा रमाइलो र उपलब्धिमूलक रहने ग्रहगोचर छ। 

मकरः आज अनावश्यक खर्च बढ्न सक्ने योग रहेको छ। आर्थिक मामिलामा केही सोचविचार गरेर मात्र कदम चाल्नुहोला। चन्द्रमाको प्रभावले पारिवारिक वातावरणमा केही सामान्य उतारचढाव आउन सक्नेछ, सचेत हुनुहोला । चुनौतीहरूलाई अवसरमा बदल्ने दिन पनि रहेको छ। शत्रुहरू आफैं पछि हट्नेछन् । तपाईँको कार्यशैलीको सबैतिर प्रशंसा हुनेछ। कडा परिश्रमले तपाईँले आफ्नो लक्ष्य हासिल गर्न सक्नुहुनेछ। स्वास्थ्यमा अलि बढी ध्यान दिन आवश्यक छ। प्रेम सम्बन्धमा विश्वासको वातावरण बनाइराख्न जरुरी रहेको छ।

कुम्भः आज लामो समयदेखि रोकिएको धन फिर्ता आउने सम्भावना छ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। आजको लगानीले भविष्यमा राम्रो प्रतिफल दिनेछन्। घरका ज्येष्ठ सदस्यहरूको आशिर्वादले तपाईँको आत्मबल बढाउनेछ। शारीरिक व्यायाम र योगाभ्यासमा मन जानेछ। बाहिरी खानपानमा अलि सतर्क रहनु नै बुद्धिमानी हुनेछ। मानसिक रूपमा पनि शान्तिको अनुभव हुनेछ। प्रेम जीवनमा नयाँपन र रोमान्सको अवसर मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।

मीनः आज घरजग्गाको कारोबारीले सचेतना आपनाउनुपर्नेछ । घरभित्रको वातावरणलाई सौहार्दपूर्ण बनाउन प्रयास गर्दा राम्रो हुनेछ । चन्द्रमाको प्रभावले पेटसम्बन्धी समस्याले सताउन सक्ने देखिएको छ। प्रेममा पनि केही दूरी बढ्न सक्नेछ। विद्यार्थीका लागि ध्यान केन्द्रित गर्न केही कठिन हुनेछ। आज हतारमा कुनै पनि निर्णय नलिनुहोला । धैर्यताका साथ गरिएको कामले मात्र दीर्घकालीन फल दिनेछ। अनावश्यक विलासिताका वस्तुमा खर्च बढ्नाले बजेट बिग्रिन सक्छ। आर्थिक संकट टार्न मितव्ययी बन्न आवश्यक रहेको छ।

साइत (यात्रा): सूर्य कर्कट राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१५ बजेदेखि ६ः५८ बजेसम्म लाभ बेला
बिहान ६ः५८ बजेदेखि ८ः४२ बजेसम्म अमृत बेला
बिहान ८ः४२ बजेदेखि १०ः२५ बजेसम्म काल बेला
बिहान १०ः२५ बजेदेखि १२ः०९ बजेसम्म शुभ बेला
मध्यान्हमा १२ः०९ बजेदेखि १ः५२ बजेसम्म रोग बेला
दिनमा १ः५२ बजेदेखि ३ः३५ बजेसम्म उद्धेग बेला
दिनमा ३ः३५ बजेदेखि ५ः१९ बजेसम्म चर बेला
दिनमा ५ः१९ बजेदेखि ७ः०२ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ७ः०२ बजेदेखि ८ः१९ बजेसम्म अमृत बेला
साँझ ८ः१९ बजेदेखि ९ः३६ बजेसम्म काल बेला
राति ९ः३६ बजेदेखि १०ः५२ बजेसम्म शुभ बेला
राति १०ः५२ बजेदेखि १२ः०९ बजेसम्म रोग बेला
राति १२ः०९ बजेदेखि १ः२६ बजेसम्म उद्धेग बेला
राति १ः२६ बजेदेखि २ः४२ बजेसम्म चर बेला
रातिमा २ः४२ बजेदेखि ३ः५९ बजेसम्म लाभ बेला
रातिमा ३ः५९ बजेदेखि ०५ः१५ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ