मधेसमा पार्टीलाई सुदृढ नबनाए कम्युनिष्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्छ : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
125
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने दाबी गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी, मधेस प्रदेशद्वारा बुधबार जनकपुरधाममा आयोजित ‘एकता बैठक तथा प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेस प्रदेश विकास, राजनीतिक तथा सामाजिक हिसाबले चुनौतीपूर्ण भए पनि पार्टी र राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले मधेसमा पार्टीलाई थप संगठित र सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै मधेसमा बलियो पार्टी बनाउन नसकिए देश र कम्युनिष्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे।
प्रतिनिधिसभा निर्वाचनअघिसम्म पार्टीको अवस्था सन्तोषजनक रहे पनि अन्तिम समयमा आएको अप्रत्याशित राजनीतिक घटनाक्रमका कारण अपेक्षित नतिजा हासिल हुन नसकेको स्वीकार गर्दै उनले यस विषयमा पार्टीले गम्भीर समीक्षा गर्ने बताए।
पार्टी संगठन विस्तारका लागि नयाँ ढङ्गले अभियान सञ्चालन गरिने र युवाहरूलाई नेतृत्वमा विशेष प्राथमिकता दिइने उनले स्पष्ट पारे। पार्टी समितिहरूमा ५० प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्यसakhई अगाडि बढ्न उनले सबैलाई सुझाव दिए। कार्यक्रममा संयोजक प्रचण्डले मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहणसमेत गराएका थिए।