arrow

मंगलबारदेखि पर्वतमा नयाँ संरचनामा काम सुरु, कुन गाउँको केन्द्र कहाँ पर्यो ?

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
parbat-map-new.jpeg
 
रामकृष्ण लामिछाने,
 
पर्बत । पर्वतमा स्थानीय तहको नयाँ संरचनाको कार्यान्वयन भएको छ । स्थानीय तह अन्तर्गत्  गाउँपालिका र नगरपालिकामा कर्मचारी खटाइएसँगै स्थानीय तहको नयाँ संरचना कार्यान्वयनमा आएको हो । नयाँ संरचना अनुसार पुरान वोर्डहरु तुरुन्त फेर्ने र छुटै लेटरप्याडको व्यवस्था गर्ने काम भइरहेको छ । 
 
मंगलबारबाट जनताले महसुस गर्नेगरी स्थानीय तहवाट काम कारवाही शुरु हुँदैछ । जिल्ला समन्वय समितिले सोमबार सरोकारवालाहरुसँग अन्तर्क्रिया गरेर स्थानीय तहको कार्य र कर्मचारी खटनपटनका बारेमा जानकारी गराएको हो । स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसालले फलेवास नगरपालिकामा चिन्तामणी शर्मालाई कार्यकारी प्रमुखको रुपमा सिफारिस गरिएको जानकारी दिए । 
 
त्यस्तै, मोदी गाउँपालिकाको प्रमुखमा भूमिराज शर्मा, जलजला गाउँपालिकामा भिमप्रसाद अर्याल, महाशीला गाउँपालिकामा कृष्णप्रसाद रिजाल, पैयूं गाउँपालिकामा कुलप्रसाद लामिछाने, बिहादी गाउँपालिकामा कृष्णप्रसाद पौडेललाई प्रमुखको रुपमा सिफारिस गरिएको भुसालले जानकारी दिए । 
 
पर्वतमा कुस्मा र फलेबास नगरपालिका तथा पाँच गाउँपालिकाका वडाहरु पनि घोषणा गरिएको छ । नयाँ स्थानीय संरचना अनुसार कुश्मानगरपालिकाको पाङलाई १ नम्वर वडा वनाइएको छ । खुर्कोटलाई २, दुर्लुङ्गलाई ३, यसअघिको ८ नम्बर वडा लाई ४, ९ लाई ५ नम्बर वडा, १० लाई ६ नम्बर वडा, ११ नम्बर वडालाई ७ नम्बर वडा बनाइएको छ । यसैगरी चुवालाई ८, कटुवाचौपारीलाई ९, पिपलटारीलाई १०, पकुवालाई ११, ठुलीपोखरी १२ , खौलालाँकुरीलाई १३ र आर्थर डाडाँखर्कलाई १४ नम्बर वडा कायम गरिएको छ । 
 
फलेबास नगरपालिकामा ११ वडा कायम गरिएको छ । यो नगरपालिकामा कार्किनेटा १, थापाठाना गाबिस २, शंकरपोखरी ३, मुडिकुवा ४, खानीगाउँ ५, देबिस्थान ६, लिमीठाना ७, ठानामौला ८, भंगारा ९, कुर्घाको १ देखि ६ र ९ नम्बर वडा समेटेर १० र पाङ्गराङ्गलाई ११ नम्बर वडा बनाइएको छ । नगरपालिकाको केन्द्र साविकको खानीगाउँ गाविसको कार्यालय तोकिएको छ । जलजला गाउँपालिकामा ९ वटा वडा हुनेछन । बाँसखर्क १, माझफाँटको ६,८ र ९ वडाको २, माझफाँटको ३ र ७ नम्बर वडा मिलाएर ३ नम्बर वडा, माझफाँटको १, २, ४ र ५ वडा मिलाएर ४ नम्बर वडा कायम गरिएको छ । लेकफाँट गाबिस ६, शालिजा, ७, नाङ्गलिबाङ्ग ८ र बनौ ९ नम्बर बडा कायम गरिएको छ । 
 
मोदी गाउँपालिकामा ८ वटा वडा कायम गरिएको छ । देउपुर गाउँपालिकाको केन्द्र वनेको छ । भुकताङ्गले १ नम्बर वडा, देउपुर २, देउराली ३, क्याङ्ग ४, बाजुङ्ग ५, तिलहार ६, राम्जादेउराली ७ र चित्रेलाई ८ नम्बर वडा कायम गरिएको छ । महासिला यो गाउँपालिकामा ६ वटा वडा कायम गरिएको छ । केन्द्र वालाकोट गाविसमा कायम गरिएको छ । होस्राङ्गदी गाबिसलाई १, भोक्सिङ्ग २, बालाकोट ३, पाखापानी ४, लुंखु सबै र कुर्घाको ७ र ८ वडा मिलाएर ५ र फलामखानी गाबिसलाई ६ नम्बर वडा कायम गरिएको छ । 
 
पैञ्यु गाउँ पालिकामा हुवास, भोर्ले, टकलाक, त्रिवेणी, बेहुलीबास र सरौखोला गाविसलाई मिसाइएको छ । यो गाउँपालिकामा ७ वटा वडा कायम गरिएको छ। टकलाकलाई १, त्रिबेणी २, बेउलीबास ३, हुवासको १,२,३,७ र ८ वडा मिलाएर ४, हुवासको ४, ५, ६ र ९ वडा मिलाएर ५, सरौखोला ६ र भोर्लेलाई ७ नम्बर वडा कायम गरिएको छ । यसको केन्द्र साविकको हुवास कायम भएको छ । विहादी गाउँपालिकामा बाच्छा गाबिसलाई १, बर्राचौर २, रानीपानी ३, वहाकी ४, उरामपोखरा ५ र शालिग्राम गाबिसलाई ६ नम्बर वडा कायम गरिएको छ । 
 
जुन गाउँपालिकाको केन्द्र साविकको रानीपानी गाविस तोकिएको छ । तत्कालका लागि सबैभन्दा जेष्ठ सचिवलाई कार्यकारी प्रमुखको रुपमा खटाएर ७ जना कर्मचारी रहने गरि कर्मचारी खटाइएको छ । केहि हप्तामै अधिकृत स्तरका कर्मचारी पठाइने स्थानीय विकास अधिकारी भुसालले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ