arrow

नयाँ संरचना अनुरुप तोकिए सिन्धुलीमा निमित्त कार्यकारी

logo
राजन परियार,
प्रकाशित २०७३ चैत १ मंगलबार
Sindhuli-hamrakura.jpg.jpeg
सिन्धुली। सरकारले गत शुक्रवार देखी देशभरका पुराना स्थानिय निकाय खारेज गरी नयाँ संरचना अनुसार स्थानिय तह घोषणा गरेसँगै सिन्धुली जिल्ला अन्तर्गतका नगरपालिका तथा गाउँपालिकाहरुमा सोमबारबाट नयाँ संरचना अनुसार कामकार्वाहीलाई अगाडि बढाउन जिल्ला समन्यव समिति सिन्धुलीले निमित्त कार्यकारी तोकेको छ । 
 
सोमबार समन्यव समितिको वैठकले कमलामाई नगरपालिकामा जगत प्रसाद भुषाल,दुधौली नगरपालिकामा ओमप्रकाश सुवेदी, सुनकोशी गाउँपालिकामा लक्ष्मी प्रसाद देवकोटा, गोलन्जोर गाउँपालिकामा रोहित कुमार कार्की, तिनपाटन गाउँपालिकामा गोपाल प्रसाद पहाडी, घ्याङलेक गाउँपालिकामा कमल लामा, फिक्कल गाउँपालिकामा कृष्ण प्रसाद पौडेल, मरिण गाउँपालिकामा भोला कुमार आले र हरिहरपुरगढी गाउँपालिकामा विष्णुमणि कोइरालालाइ कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको स्थानीय विकास अधिकारी शिव प्रसाद हुमेगाईले जानकारी दिए ।  
 
गाउँपालिका तथा नगरपालिकामा उपसचिब स्तरको दरबन्दी भएपनि तत्कालका लागी हाल नगरपालिकामा कार्यरत निमित्त कार्यकारीहरुलाई नै नयाँ नगरपालिकामा कार्यकारी प्रमुख तोकिएको छ भने गाउँपालिकाको प्रमुखमा हाल गाविस सचिबमा कार्यरत कर्मचारीहरु मध्ये सिनियरारिटिको आधारमा तोकिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ