arrow

मकवानपुरका २४ केन्द्रमा माद्यमिक शिक्षा परीक्षाको तयारी पूरा

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ चैत १ मंगलबार
Makawanpur_scc.jpeg
हेटौंडा । मकवानपुरका २४ वठा परीक्षा केन्द्रमा नै आसन्न माद्यमिक शिक्षा परीक्षाको लागि तयारी पूरा भएको छ । जिल्ला भरी रहेका कूल २४ परीक्षा केन्द्रमा उत्तरपुस्तिका लगायतका आवश्यक सबै तयारी पूरा गरिएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ । 
 
मकवानपुरमा यो वर्ष कूल ६ हजार ३ सय १३ विद्यार्थीले माद्यमिक शिक्षा परीक्षा दिँदैछन् । जसमा अहिले हेटौंडा उपमहानगरपालिका भित्र पर्ने विद्यालयबाहेक अन्यत्रका सबै विद्यालयमा आवश्यक सबै सामग्री पठाई सकिएको छ । हेटौंडा उपमहानगरभित्रका विद्यालयहरुमा भने बुधबार उत्तरपुस्तिका लगायतका सामग्रीहरु पुर्याउने तयारी भईरहेको छ । कक्षा १२ को परीक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माद्यमिक शिक्षा परीक्षाको रुपमा लिन सुरु गरिएको हो ।
 
यस वर्षको परीक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि १ हजार ९ सय २३ केन्द्रको व्यवस्था गरिएको छ । परीक्षाका लागि १ हजार ९ सय २३ जना केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ जना सुरक्षाकर्मी गरी ६७ हजार ५ सय ९१ जना जनशक्ति परिचालन हुनेछन् ।
 
परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चैत ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसैगरी चैत ४ गते अनिवार्य नेपाली, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत १० गते ऐच्छिक गणितको परीक्षा संचालन हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ