arrow

भूकम्प प्रभावित ९६ प्रतिशतलाई पहिलो किस्ताको अनुदान बितरण

logo
प्रकाशित २०७३ चैत २ बुधबार
Reconstruction_Authority_.jpeg
काठमाडौं । भुकम्प प्रभावीत ९६ प्रतिसतलाई निजी आवास पुन निर्माणको लागी पहिलो किस्ताको अनुदान रकम बितरण गरिसकेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावीत १४ जिल्लामा अनुदान सम्झौता सम्पन्न भएका लाभग्राहीलाइ सो रकम बितरण गरेको हो।
 
प्राधीकरणले सम्झौता भएका ५ लाख ५४ हजार ६ सय १४ घरधुरी मध्ये ५ लाख ३३ हजार ६ सय ९१ घरधुरीलाई पहिलो किस्ताको ५० हजार रुपैया बितरण सम्पन्न गरेको हो। मंगलवार सम्म काठमाडौं उपत्यकाका जिल्ला बाहेक अति प्रभावीत ११ जिल्लाका ९८ प्रतिशतलाइ पहीलो कीस्ता बितरण गरी सकीएको छ। सरकारी जग्गा मिचेर बनेका घर तथा लालपुर्जा नभएको र जग्गासम्बन्धी विवाद भएका केही घरधुरीले आवश्यक प्रक्रिया पुरा गर्न नसक्दा पहिलो किस्ताको अनुदान पाउन सकेका छैनन्।
 
सरकारी मापदण्ड र प्रक्रिया पुर्‍याई घरको जग पुनर्निर्माण कार्य सम्पन्न गरेका र पहीलो कीस्ता लिइसकेका एक हजार ४ सय ३८ घरधुरीले दोस्रो किस्ता वापतको अनुदान समेत प्राप्त गरिसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दोलखामा पहिलो र दोस्रो किस्ता बुझेर मापदण्ड अनुसार घरको पनुर्निर्माण गरिरहेका ४४ घरधुरीलाई तेस्रो किस्ता बापतको एक लाख रुपैया अनुदान समेत बितरण गरिसकेको छ।
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलका अनुसार दोस्रो किस्ता बितरणमा ढिलाई नहोस भन्ने उद्देश्यले अग्रीम रुपमा जिल्लामा अनुदान रकम पठाइसकेको छ। पोखरेलले भने पहिलो किस्ता लिएर सरकारी मापदण्ड र प्रक्रिया पुरा गरि घरको जग हालेका लाभग्राहीले तत्काल दोस्रो किस्ताको रकम प्राप्त गर्न सक्ने छन्। जिल्लामा प्राविधिक निरीक्षण फारम भरेर पहिलो प्रक्रिया पुरा गरेको प्रमाणित भए दोस्रो किस्ताको अनुदान रकम लिन सकिन्छ, हामीले दोस्रो किस्ता वापतको अनुदान रकम बितरणका लागी जिल्लामा पहिले नै पठाइसकेका छौ,
 
पहिलो चरणको प्रक्रिया पुरा गरेका लाभग्राहीले तत्काल नजिकैको गाउपालिका/नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्नुहोला । कतिपय जिल्लामा दोस्रो किस्ताका लागी प्राविधिक निरीक्षण फारम पुग्ने क्रममा रहेको शहरी बिकास तथा भवन निर्माण विभागले जनाएको छ । फारम छाप्ने जिम्मा लिएको शहरी बिकास तथा भवन निर्माण विभागले बिश्व बैंकसाग समन्वय गरेर थप फारम जिल्ला पठाइ रहेको भन्दै  कार्यकारी प्रमुख पोखरेलले सवै जिल्लामा दोस्रो किस्ता वापतको अनुदान बितरणलाई तिव्रता दिन निर्देशन दिइसकेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ