arrow

कञ्चनपुरमा सीमा रक्षाका लागि लड्नेलाई सरकारकै बेवास्ता

आर्थिक अवस्था कमजोर भएका चापागाईलाई १० हजारमा टारिँदै

logo
दिपेन्द्र बस्नेत,
प्रकाशित २०७३ चैत २ बुधबार
tikaram-chapfgai.jpeg
पुनर्बास । गत साता भारतीय सीमा सुरक्षा बल एसएसबीको कुटाईबाट गम्भीर भएका टीकाराम चापागाई अहिले पनि अस्पतालमा छन् । उनको अहिले शरीरका अधिकांश अंग चलाउन पनि नसक्ने गरी शिथिल भएका छन् । तर, त्यसको उपचार गराउने आफूसँग पैसा छैन । 
 
त्यसो त सोही लडाईंमा ज्यान गुमाएका गोविन्द गौतमको बारेमा राष्ट्यि अन्तराष्ट्रिय सञ्चार माध्यममा समाचार आईरहँदा उनी पनि असह्य पीडा बोकेर अस्पतालको शैयामा सुतिरहेका थिए । उनी अहिलेसम्म पनि अस्पतालमा नै छन् । 
 
गौतमको दाहसंस्कारपछि हाम्राकुरा डटकममा उनीमाथि पनि एसएसबीले आक्रमण गरेको भनेर समाचार आयो । प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले विवरण नपाएका कारण उनको उपचार खर्च सरकारले बेहोर्न नसकेको बताएका थिए । हाम्राकुरामा समाचार आईसकेपछि खनालले स्थानीय पुनर्वास नगरपालिकाका कार्यकारी निर्देशक शेर बहादुर बुढालाई उनको उपचारका लागि १० हजार रुपैयाँ उपलब्ध गराउनको लागि निर्देशन दिईएको नगरपालिका स्रोतले जनाएको छ । 
 
बेलौरी नगरपालिका ६ शान्तिपुरका चापागाई अहिले आफूले उपचार गर्न पनि नसक्ने स्थितीमा पुगेका छन् । आर्थिक स्थिती कमजोर भएका उनलाई उपचार गराउनको लागि ऋण खोजेर २२ हजार रुपैयाँ अस्पताललाई तिरिसकेका छन् । सरकारले दिएको १० हजारले के गर्नु ? उनका परिवारहरुको गुनासो छ । आनन्दबजार स्थित सीमा क्षेत्रमा गत बिहीबार भएको झडपमा एसएसबीको लाठी चार्ज ढुंगामुढाबाट गम्भीर बनेका चापागाईंको टाउको, छाती, ढाड र खुट्टामा गहिरो घाउ लागेको छ । घाइते चापागाईको नेपालगञ्ज चार बाहिनी स्थित वेष्टरर्न अस्पतालमा उपचार भइरहेको छ । 
 
आर्थिक अबस्था कमजोर रहेका चापागाईँको उपचार खर्च जुटाउन नसक्ने भएपछि समस्या थपिएको घाइते चापागाईको कुरुवा बसेका उनका भान्जा दिनेश शर्माले बताए । घरको आर्थिक अबस्थाले उपचार खर्च जुटाउन नसकिएको र सरकारबाट कुनै राहत नपाउँदा पीडितलाई आर्थिक पीडा थपिएको उनले बताए । 
 
नेपाली बस्तीमा भारतीय नागरिक सहित पसेर आतंक मच्चाउँदै गरेका एसएसबीका विरुद्ध नेपाली जनताले बिहीबार गरेको प्रतिकारका क्रममा भारतीय प्रहरीको गोली प्रहारबाट गोबिन्द गौतमको ज्यान गएको थियो भने चापागाईँ गम्भीर घाइते भएका थिए । अहिले उनको अवस्था सामान्य रहे पनि ३र४ महिनासम्म उनको उपचार गर्नु पर्ने चिकित्सकले बताए पछि आर्थिक अभाव देखिएको हो । 
 
सरकारले सप्तरी लगायत देशका विभिन्न स्थानमा नेपाली प्रहरीको गोली लागि घाईतेभएकाहरुलाई उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोरिरहँदा सीमा रक्षाको लागि लड्न गएकाहरुलाई भने सरकारले उदासिनता देखाउनुले आम नेपालीहरुको मनोवल गिराउने भन्दा केही काम नगरेको स्थानीयको आरोप छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ