arrow

आउँदो साल पृथ्वी जयन्तीमा विदा, क्रिसमस सूचिमा परेन

logo
प्रकाशित २०७३ चैत २ बुधबार
pritivi-narayan-saha.jpg.jpeg
काठमाडौं । सरकारले धेरै ठूलो जनदबाब पछि नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन विदा दिने निर्णय गरेको छ । यही वर्ष नै विदा नदिएको भन्दै त्यतिबेला सामाजिक सञ्जालमा चर्काे दबाब खेपेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले आउँदो वर्षदेखि पृथ्वी जयन्तीमा विदा दिने निर्णय गरेको हो । 
 
सो निर्णय राजपत्रमा समेत मंगलबार प्रकाशित भईसकेको छ । सरकारले पृथ्वी जयन्तीकै भोलिपल्ट मन्त्रिपरिषद्को बैठक बसी के के विदा कटौंती गर्ने र कुन् कुन् पर्वमा विदा दिने भन्ने विषयमा अध्ययन गरी गृह मन्त्रालयले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा विदाको निक्र्यौल गर्ने बताएको थियो । 
 
सोही मन्त्रिपरिषद्को निर्णय बमोजिम गृहमन्त्री विमलेन्द्र निधिले पेश गरेको प्रतिवेदनमा छलफल भई विदाहरुको विषयमा टुंगो लागेको हो । उक्त विदाको सूचीमा पृथ्वी जयन्ती थपिएको छ भने क्रिसमस थपिएको छैन । आउँदो वर्ष पूर्व निर्धारित सार्वजनिक विदा ५२ दिन रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ