arrow

काँग्रेसका नेता तथा पूर्वमन्त्री रामहरि ढुंगेल कोठामै भेटिए मृत

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
ramhari-dhungel-2017.jpeg
[अपडेट] काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व सहायक मन्त्री रामहरि ढुंगेलको निधन भएको छ । उच्च रक्तचाप, ग्यास्ट्राइटिस लगायतको समस्याबाट पीडित ढुंगेल दिल्लीबजारस्थित आफ्नै कोठामा सुतेको अवस्थामा मृत भेटिएका हुन् । रामेछापका पूर्व सांसद उनी बिहान अबेरसम्म नउठेपछि कोठा खोलेर हेर्दा मृत अवस्थामा भेटिएको बताइएको छ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलका अनुसार उनी बुधबार साँझ हिमाल अस्पतालमा उपचारका लागि गएका थिए । उनी विस्तारामा सुतेकै अवस्थामा छन् । अनुसन्धान भइरहेको जनाइएको छ । कोठामा एक्लै बस्दै आएका नेता ढुंगेल मृत भेटिएको खवरपछि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु डिल्लीबजार पुग्ने क्रम जारी रहेको छ । काँग्रेस नेता कृष्णप्रसाद सिटौला पनि घटनास्थल पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ