arrow

प्रहरीले सुरु गर्‍यो सुन तस्करी गर्नेबारे अनुसन्धान

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
gold-pure.jpeg.jpeg
रसुवा । गैरकानुनी तवरले सुन तस्करी गर्नेलाई नेपाल प्रहरीले सङ्गठित अपराध निवारण ऐनअन्तर्गत कारबाही सुरु गरेको छ । 
 
जिल्ला प्रहरी कार्यालय रसुवाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी बिहीबार सुनसहित पक्राउ परेका स्याङ्जा वालिङ–९ घर भई रसुवा कर्मीडाँडा बस्ने ३६ वर्षीय प्रकाश गैरेलाई सङ्गठित अपराध नियन्त्रण ऐनअन्तर्गत कारबाही चलाउन जिल्ला अदालतबाट म्याद थप गरिसकिएको जानकारी दिएको छ । 
 
अभियुक्त गैरेले सुन बोक्न प्रयोग गरेको बा १७ च २२७५ नंको स्कार्पियो गाडीसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए । 
 
गत पुस ४ गते बरामद भएको पाँच केजीसमेत चालु आवको हालको अवधिमा जम्मा १२ केजी सुन बरामद भएको छ । यसबीचमा सुन तस्करलाई सहयोग पुर्‍याएको अभियोगमा एक प्रहरी नायब निरीक्षक र दुई जवानलाई सेवाबाट बर्खास्त गरिसकिएको सिलवालले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ