arrow

सासु बुहारीको रहस्यमयी हत्या

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ चैत ४ शुक्रबार
morang j.jpg.jpeg
विराटनगर । मोरङको कटहरी–१ मा एकैघरका दुईजनाको शुक्रबार बेलुका हत्या भएको छ । अज्ञात समुहले घरमा प्रवेशगरी ४५ वर्षीय सासु दिपा डाँगा र २२ वर्षीया बुहारी अस्मिता डाँगाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । घरमा दुवैजना मात्र भएको मौका छोपी अज्ञात समुहले उनीहरुको हत्या गरी फरार भएका थिए ।
 
घरको फरक फरक कोठामा दुवैजनाको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनामा संलग्नहरु फरार भएको र हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मोरङको कर्सीया वजारमा व्यापार गर्दै आएका दिपाका श्रीमान इन्द्रचन्द डाँगा बेलुका पाँच बजे घर फर्कँदा दुवैजना हत्या गरिएको अवस्थामा फेला परेपछि उनले प्रहरीलाई खबर गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ