arrow

नाराबाजीबीच सदनमा विभिन्न प्रस्ताव प्रस्तुत

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
CA-building.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा मधेसी मोर्चाका सांसदको नाराबाजीबीच सरकारका तर्फबाट विभिन्न प्रस्ताव प्रस्तुत भए ।  बैठक सुरु हुनेबित्तिकै मोर्चा आबद्ध विभिन्न राजनीतिक दलका सांसदले सभामुखको आसन अगाडिको वेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए । अपराह्न १ बजेका लागि बैठक बोलाइएको भए पनि आधा घण्टा ढिलो बैठक सुरु भएको थियो । 

बैठकको सुरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘एसियाली पूर्वाधार लगानी बैंकको विधान सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।  ‘मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई पनि बैठकले स्वीकृति दियो । 

यसैगरी, अर्थमन्त्री पौडेलले प्रस्तुत गर्र्नुभएको ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

समृद्धिका लागि गुणस्तरीय शिक्षा आवश्यक 
सोमबारको बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा प्रस्तुत ‘शिक्षा (आठौं संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गरेको थियो । सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले बेरोजगारी उत्पादन गर्ने खालको विधेयक भएको टिप्पणी गरे ।

नेपाली काँग्रेसका राधेश्याम अधिकारी र नेकपा (एमाले)का गङ्गालाल तुलाधरले शैक्षिक अवस्थालाई सुधार गर्न विधेयकले कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षामा यसले जोड दिएको बताए । सांसदहरु अम्मरबहादुर थापा, निशाकुमारी साह, गीता क्षेत्री, श्यामकुमार श्रेष्ठ र उमेश श्रेष्ठले भाग लिएका थिए ।

सांसदले उठान गरेको जिज्ञासाको जवाफमा शिक्षामन्त्री पोखरेलले २०६६ सालयता शिक्षा मन्त्री भएकाहरु विधेयक तयारीमा जुटेको बताए । उनले नयाँ संविधानअनुसार मेल खाने गरी नयाँ शिक्षा नीति बनाउन विधेयकले सहयोगी भूमिका निर्वाह गर्ने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ