arrow

वातावरण सुधार गरी गुणस्तरीय जीवनस्तर निर्माण गर्न स्वास्थ्यमन्त्री थापाको निर्देशन

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
gagan_Ishwor.jpeg
काठमाडौं। स्वास्थ्य क्षेत्रको सुधारकालागि केही विषय मन्त्री परिषद्मा निर्णयकालागि लगिँदै गरेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताएका छन् । सहरी स्वास्थ्य क्षेत्रको विषयमा कुरा गर्दै  मन्त्री थापाले काठमाडौं महानगरका प्रमुख तथा कार्यकारी अधिकृत इश्वरराज पौडेललाई राजधानी सहरको वातावरण सुधार गरी गुणस्तरीय जीवन यापन गर्ने प्रणाली विकास गर्न आग्रह गरे।  
 
सोमबार मन्त्री थापाको कार्यकक्षमा सम्पन्न राजधानी सहरको वातावरण र जनस्वास्थ्य समस्या समाधान गर्ने कार्यक्रमको निर्माण  विषयमा भएको छलफलमा उनले यस्तो आग्रह गरेका हुन्। देशमा महानगर धेरै हुन सक्छन्, तर केन्द्रीय राजधानी भएकोले काठमाडौंलाई सिकाइ नमूना स्थल बनाउनु पर्छ, मन्त्री थापको भनाइ थियो ।
 
नागरिकलाई न्यानो महसुस हुने योजना कार्यान्वयन चरणमा रहेको बताउँदै महानगरका प्रमुख तथा कार्यकारी अधिकृत पौडेलले नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सके सेवा सन्तुष्टी प्राप्त हुने कुरामा आफू सचेत रहेको बता‌एका थिए ।
 
मन्त्री र प्रमुख तथा कार्यकारी अधिकृतवीच करीव ४५ मिनेट चलेको छलफलमा सहरमा धुलो नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा मन्त्रालय र महानगर, एकीकृत स्वास्थ्य सेवा वितरण प्रणाली, फोहोरमैला व्यवस्थापन, सेवासँग कर दस्तुर आवद्ध गर्ने तथा सेवा सन्तुष्टीका विषय केन्द्रीत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ