arrow

‘निर्वाचन आयोग भारतको देखेरै तर्सियो, राप्रपादेखि आत्तिनै पर्दैन’ –केसी

हाम्रो विधानमा हैन घोषणापत्रमा छ संघीयताको विरोध

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
chitra-bahadur-kc-news-aa.jpeg
काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन आयोगले भारतको पछिल्लो राजनीतिक घटनाक्रम देखेर आत्तिएको बताएका छन् । उत्तर प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथ बन्ने निश्चित भएदेखि नै निर्वाचन आयोग एकाएक आत्तिएको नेता केसीको ठम्याइ छ ।
 
उनले भने, ‘योगी आदित्यनाथले जसरी हिन्दूको वकालत गर्दै हिंडे त्यसरी नै राष्ट्रिय प्रजातन्त्र पार्टी पनि हिंड्छ कि भन्ने डरले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र  र राजसंस्थाको कुरो हटाएको हो ।’
 
उनले ‘पार्टीको विधानमा राख्दैमा न मुलुकमा राजतन्त्र फर्केला न हिन्दू राष्ट्र होला, यो त दुई तिहाइले संसदबाट पारित हुनुपर्ने विषय हो, निर्वाचन आयोग त्यत्तिकै आत्तियो’ भने । 
 
अध्यक्ष केसीले आफ्नो पार्टीलाई निर्वाचन आयोगले ०७० सालको निर्वाचनमा बोलाएर छलफल गरेको बताए । उनले भने, ‘संघीयता विरोधी विषयलाई लिएर निर्वाचन आयोगले बोलाएको हो, तर हाम्रो विधानमा भन्दा घोषणापत्रमामात्र संघीयता विरोधी अभियान भएकाले सम्झायौं ।’
 
कसैको विधानमा केही लेखेको छ भनेर त्यति गम्भीर हुन नपर्ने पनि केसीको तर्क छ । 
 
राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको नाममा राजनीति गरेकोबारे केसीले भने, ‘काँग्रेस, एमालेले जतिसुकै गद्दारी गरे पनि जनताले उनीहरुलाई छोडेकै छनन्, चिन्ता लिनपर्ने कुरै छैन ।’
 
जनता यसरी टाँसिइरहनुलाई भने केसी जाती मान्दैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ