परराष्ट्र मन्त्रीलाई अमेरिकी सेनाका कमाण्डर के भने ?
प्रकाशित मिति : २०७३ चैत ८ मंगलबार
काठमाडौं । परराष्ट्र मन्त्री डा.प्रकाश शरण महतसँग अमेरिकी सेनाको प्यासिफिक कमान्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिज ले मङ्गलबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
सो भेटका क्रममा नेपालमा दुई वर्षअघिको भूकम्पको उद्वार र सहायताका लागि प्राप्त अमेरिकी सेनाको सहयोगको प्रशंसागर्दै मन्त्री डा.महतले नेपालको विकासका विभिन्न क्षेत्रमा अमेरिकी सरकारले पुर्याउदै आएको सहयोगको लागि धन्यवाद ज्ञापन गरे।
भेटमा कमान्डर एडमिरल ह्यारिजले नेपालसँग अमेरिका तथा अमेरिकी सेनाको आत्मीय सम्बन्ध रहेको बताए । उनले शान्ति प्रक्रियामा नेपालको भूमिकाको प्रशंसागर्दै शान्ति स्थापनामा नेपालले निर्वाह गरेको भूमिका विश्वमा नै उदाहरणीय रुपमा लिइने गरेको धारणा राखे। ह्यारिजले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनको सफलताको लागि शुभकामना पनि व्यक्त गरे।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">