arrow

भाषाको राजनीतिः काठमाडौं महानगरपालिकामा फेरि रञ्जना लिपि

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
ranjana-lipi.gif
काठमाडौँ । स्थानीय तह कार्यान्वयनमा आएसँगै काठमाडौँ महानगरपालिकाबाट हटाइएको रञ्जना लिपिको पुनः प्रयोग गरिने भएको छ । स्थानीय तह कार्यान्वयनसँगै कामपाको लेटर प्याड र साइनबोर्डबाट महानगरपालिकाको मौलिकता र पहिचान झल्किने रञ्जना लिपि हटाएको थियो । 
 
सातसय ४४ स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहको साइनबोर्ड, लेटर प्याड र लोगो गाउँपालिका वा नगरपालिकाको नामबमोजिम परिवर्तन गर्नुपर्ने भएकाले कार्यकारीप्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले उक्त लिपि हटाएका थिए ।  
 
विभिन्न पक्षबाट पुनः लिपि राख्नुपर्छ भन्ने माग आएपछि काठमाडौँ महानगरपालिका बोर्ड बैठकको निर्णयअनुसार लेटर प्याडमा रञ्जना लिपि पुनः प्रयोग गर्ने सहमति भएको कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिए । 
 
लिपि हटाएको विषयलाई लिएर स्थानीयवासीले मुलुकको राष्ट्रिय पहिचानसमेत गुमेको भन्दै स्थानीय नरेशवीर शाक्यको संयोजकत्वमा आन्दोलनसमेत गरेका थिए । 
 
हटाइएको लिपि र लोगोलाई नेपाल संयुक्त राष्ट्रसङ्घमा सदस्य बन्दादेखि नै नेपालको मौलिक लिपिका रुपमा दर्ता गरिएको थियो । 
 
रञ्जना लिपि खासगरी काठमाडौँ उपत्यकाका नेवार समुदायले प्रयोग गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ