काठमाडौँ । सर्लाहीबाट नेकपा एमालेका तर्फबाट समानुपातिक सांसद दुलारी देवीको बिएन्डबी अस्पताल, ललितपुरमा उपचारका क्रममा बिहीबार निधन भएको छ ।
यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा परेकी सांसद देवीलाई भोलिपल्ट सो अस्पतालमा ल्याई उपचारमा राखिएको थियो ।
मोटरसाइकलमा रहेकी उनलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।
सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आएकी थिइन् । उनका पति, दुई छोरा र दुई छोरी छन् । रासस